शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

घुस लिएको अभियोगमा दुई जना प्रहरीविरुद्ध मुद्दा

सोमबार, १५ मङ्सिर २०७७, २० : ३५
सोमबार, १५ मङ्सिर २०७७

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय खुर्द खजुरा बाँकेमा कार्यरत इन्चार्ज प्रहरी नायब निरीक्षक लुद्रबहादुर केसी र  प्रहरी हबल्दार राजेशबहादुर द्वाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार साबिक निजी जग्गामा रहेको आँपको काठ चिरान गर्न लैजाने प्रयोजनका लागि सेवाग्राहीसँग रु १३ हजार घुस लिएको आरोप लागेको छ ।

आयोगले बिगोअनुसारको कारबाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप