बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

महासंघको कोषाध्यक्षमा सुकुन्तलाल हिराचन निर्वाचित

सोमबार, १५ मङ्सिर २०७७, २१ : ३९
सोमबार, १५ मङ्सिर २०७७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को कोषाध्यक्षमा सुकुन्तलाल हिराचन निर्वाचित भएका छन् । 

सोमबार भएको कोषाध्यक्षको निर्वाचनमा ७२ मत मध्येमा ७१ मत खसेको थियो ।  त्यसमा शेखर गोल्छा समूहका हिराचनले ४० मत ल्याउँदै कोषाध्यक्षमा जित हात पारेका हुन् भने  चन्द्र ढकाल समूहका डिबी बस्नेतले ३१ मत ल्याएका थिए । 

महासंघका अध्यक्ष गोल्छा र वरिष्ठ उपाध्यक्ष ढकाल पक्षबीच सहमति हुन नसक्दा निर्वाचन प्रक्रियाबाट कोषाध्यक्ष चयन गरिएको थियो ।

महासंघको विधान अनुसार निर्वाचित कार्यकारिणी सदस्यले कोषाध्यक्षको चयन गर्ने व्यवस्था छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप