शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यसरी हुँदैछ जापानका राजकुमारकी छोरीको विवाह सामान्य युवकसँग

मङ्गलबार, १६ मङ्सिर २०७७, ०० : ०८
मङ्गलबार, १६ मङ्सिर २०७७

एजेन्सी । जापानका राजकुमार फुम्हिटोले आफ्नी छोरी माकोलाई उनका प्रेमी केई कोमुरोसँग विवाह गर्न अनुमति दिएका छन् । राजकुमारी माकोले सन् २०१८ मै आफ्ना कलेजका साथी कोमुरो बिहे गर्ने तयारी गरेकी थिइन् । माकोले सन् २०१७ मै कोमुरोसँग एकअर्काबीच विवाह गर्ने घोषणा गरेकी थिइन् । विवाह ढिलो हुनुको कारण कोमुरो शाही परिवारभन्दा बाहिरका हुनु र उनको परिवारको आर्थिक समस्या मुल कारण भएको बताइएको थियो । यद्यपि, यो विषयलाई पछि राजपरिवारले अस्वीकार गरेको थियो ।

अर्कोतर्फ क्योडो न्युज एजेन्सीका अनुसार नरेश नरुहिताका कान्छा भाई राजकुमार फुम्हिटोले विवाहअघि आर्थिक मामिलाहरु मिलाउन आग्रह गरेका थिए । अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुका अनुसार फुमिहितोले भनेका थिए, ‘यो मुद्दालाई तत्काल सुल्झाउन आवश्यक छ, ताकि मानिसहरुले यो विवाहलाई स्वीकार गर्न सकुन् । मलाई लाग्छ, धेरै मानिसहरु उनीहरुको विवाहसँग सहमत छैनन् । मानिसहरु यससँग खुसी छैनन् ।’

क्यादो न्युज एजेन्सीका अनुसार राजकुमारी माका प्रेमी कोमुरोले गर्त वर्ष आफ्नो परिवार आर्थिक समस्यामा थियो भन्ने कुरालाई अस्वीकार गरेका छन् । हाल उनी अमेरिकाको न्युयोर्कको फोडम युनिभर्सिटीमा कानूनको अध्ययन गरिरहेका छन् । अहिले भने राजकुमारले विवाहको प्रस्तावलाई अनुमोदन गरेका छन् ।

थुप्रै विवादहरुका बीच उनी राजकुमारी माकोको विवाह गर्न सहमत भएका हुन् । राजकुमार फुम्हितोले भनेका छन्ः ‘जापानको संविधानअनुसार विवाहमा दुलाहा–दुलहीको सहमति आवश्यक छ ।’ उनले छोरीको यही इच्छा हो भने आफुले उनको निर्णयको सम्मान गर्ने बताएका छन् । राजकुमारी माको जापानका क्राउन प्रिन्स फुमिहितो र प्रिन्सेस किकोकी जेठी छोरी हुन् ।

कोमोरासँग विवाह गरिएपछि माकोको शाही दर्जा हटाइनेछ । यद्यपी, यी दुईको विवाह कहिले हुन्छ भनेर अहिले नै स्पष्ट भैसकेको छैन । यद्यपि, स्थानीय मिडियाहरुले भने राजकुमारी माकोले पछिल्लो महिनाको सुरुमा विवाह गर्ने इच्छा व्यक्ति गरेकी थिइन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप