शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तौल घटाउन बिहानको नास्तामा अमलेट खानु सही हो ?

मङ्गलबार, १६ मङ्सिर २०७७, ०६ : १७
मङ्गलबार, १६ मङ्सिर २०७७

स्वास्थ्यमाथि सजग हुनेहरुले आफ्नो खान्कीको विशेष ध्यान राखिरहेका हुन्छन् । उनीहरु आफ्नो खानापिनको रुटीन बनाउँछन् – नास्तामा के खाने, बिहानको खानामा के खाने ? खाजा के खाने ? कति कप पानी पिउने, बेलुका कति खाने । यस्तै रुटिन बनाएर खाना खानेहरुले (शाकाहारीबाहेक) बिहानको आफ्नो खान्कीमा अण्डा लगभग समावेश गरेकै हुन्छन् । कतिले अण्डाको क्यालोरी हेर्छन्, कतिले यसको स्वादका लागि खाने गर्छन् । कतिले ‘यसले त स्वास्थ्यलाई फाइदा पुर्याउँछ रे है’ भनेको भरमा खान्छन् ।

अण्डालाई धेरैले सुपरफुड भन्छन् । त्यसैले अण्डालाई बिहानको नास्ताका लागि उत्कृष्ट मानिन्छ । यदि तपाईं पनि बिहानको नास्तामा अण्डा खान रुचाउनुहुन्छ भने तपाईंले यसबारे केही जानकारी पक्कै थाहा पाउनुपर्छ ।

अण्डामा कति क्यालोरी हुन्छ ?

अमलेटमा नुन र तेलबाहेक विभिन्न खानेकुरा राखेर पकाउन सकिन्छ तर बाँकी कुरालाई हटाउने हो भने पकाएको अण्डा (१२० ग्राम) मा करिब २२० क्यालोरी हुन्छ ।

२२० क्यालोरीको अर्थ के हो ?

२२० क्यालोरीलाई घटाउन सजिलो छ । तपाईं यसलाई यसरी घटाउन सक्नुहुन्छः

२० मिनेटका लागि डोरीमा उफ्रने

३५ मिनेटका लागि साइक्लिङ गर्ने

३० मिनेट जगिङ गर्ने

के तौल घटाउनका लागि अमलेट खानु सही हो ?

अण्डा आफ्नो पोषण र स्वास्थ्य लाभका कारण शानदार खाद्य पदार्थ हो । यसलाई विभिन्न तरिकाले पकाएर खान सकिन्छ । यो प्रोटिनले भरपुर हुन्छ । तर प्रश्न यो हो कि तौल घटाउनका लागि अण्डा खानु सही हो कि होइन ? अण्डामा विभिन्न तत्व पाइने भएकोले यसले स्वास्थ्यलाई फाइदा पुर्याउँछ र यसो गर्नु सही हो ।

१. अण्डा खाँदा तपाईंको पेट भरिएको महसुस हुन्छ किनभने यो प्रोटिनले भरपुर हुन्छ । यो खाएपछि तपाईंलाई अरु केही खाने इच्छा हुँदैन । यसको अर्थ तपाईं अनावश्यक क्यालोरी खानबाट बच्नुहुन्छ ।

२. अण्डाले मेटाबोलिजमलाई ट्रिगर गर्छ यसले क्यालोरी घटाउन मद्दत गर्छ ।

३. अण्डा निकै सजिलै सबैतिर उपलब्ध हुन्छ र यसलाई खानामा समावेश गर्न सहज हुन्छ ।

४. अण्डा स्वस्थ खाना हो र यदि यसलाई सही मात्रामा खान जाने क्यालोरी पनि कम हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप