बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आगामी तीन दिनको मौसम पूर्वानुमान

मङ्गलबार, १६ मङ्सिर २०७७, ०७ : ४४
मङ्गलबार, १६ मङ्सिर २०७७

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । 

महाशाखाका अनुसार आज देशभर उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । भने हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ ।

यसैगरी, महाशाखाका अनुसार आज दिउँसो देशभर मौसम सामान्यतया सफा रहनेछ र राति राति गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भूभागमा आंशिक बदली रहि बाँकि स्थानहरुमा  मौसम सामान्यतया सफा रहनेछ । 

त्यस्तै, बुधबार दिउँसो बागमती र प्रदेश नं १ का पहाडी भूभागमा आंशिक बदली रहि बाँकि स्थानहरुमा  मौसम सामान्यतया सफा रहनेछ । 

बुधबार राति, गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी स्थानहरुमा  मौसम सामान्यतया सफा रहनेछ । 

त्यसैगरी, बिहीबार दिउँसो  गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहि एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । बाँकी स्थानहरुमा  मौसम सामान्यतया सफा रहनेछ । 

बिहीबार राति, गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी स्थानहरुमा  मौसम सामान्यतया सफा रहनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप