बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रसव बेदनाले छट्पटाएकी गर्भवतीको हेलिकप्टरबाट उद्धार

मङ्गलबार, १६ मङ्सिर २०७७, ०८ : ५८
मङ्गलबार, १६ मङ्सिर २०७७

रामेछापको दोरम्बा गाउँपालिका–४ छ्यार्पा घर भएकी गर्भवतीको हेलिकप्टरबाट उद्धार गरिएको छ । काभ्रेको चौरी देउराली गाउँपालिकाको रजवासस्थित डिसीडब्लूसी अस्पतालका निर्देशकले सुत्केरी गराउन नसकेपछि उनलाई हेलिकप्टरमार्फत् काठमाडौं ल्याइएको हो ।

गाउँमा सुत्केरी हुन नसकेर छट्पटाएकी २३ वर्षीया शर्मिला लामालाई दोरम्बा–४ का वडा अध्यक्ष चन्द्रबहादुर मगर ‘टलक’को सक्रियतामा उद्धार गरिएको थियो । श्री एयरको हेलिकप्टरमार्फत् मगरले उनलाई काठमाडौं ल्याएर सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना गराएका छन् । केएमसी अस्पतालमा शर्मिलाका अप्रेशन सफल भएको छ । उनले छोरा जन्माएकी छन् ।

आफ्नो पहलमा सुत्केरीको जीवन बचाउन पाउँदा खुसी लागेको दोरम्बा गाउँपालिका वडा नम्बर–४ का अध्यक्ष चन्द्रबहादुरले रातोपाटीलाई बताए । उनले भने, ‘अवस्था गम्भीर थियो, हेलिकप्टरबाट उद्धार गर्नुको विकल्प थिएन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप