शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

उच्च रक्तस्रावले बच्चा र आमाको मृत्यु

मङ्गलबार, १६ मङ्सिर २०७७, १० : ५३
मङ्गलबार, १६ मङ्सिर २०७७

उच्च रक्तस्रावले अछामको तुर्माखाद गाउँपालिका–४ की ३८ वर्षीया नामसरा विकको जिल्ला अस्पताल अछाममा मृत्यु भएको छ । जिल्ला अस्पताल अछामका डा. अतुल भारद्वाजका अनुसार सुत्केरी व्यथा लागेकी निज महिलालाई अत्यधिक रक्तस्राव भएका कारण मृत्यु भएको हो ।

विकले समयमै उपचार नपाएका कारण मृत्यु भएको चिकित्सकले बताएका छन् । सोमबार मध्याह्न १२ बजेपछि सुत्केरी व्यथा लागेकी निजको अत्यधिक रक्तस्राव भएपछि उपचारका लागि जिल्ला अस्पतालमा ल्याइए पनि रक्तस्राव नरोकिएका कारण उनको गए राति ज्यान गएको जिल्ला अस्पताल अछामले जनाएको छ ।

“रक्तस्राव निकै बढी भएको रहेछ”, डा भारद्वाजले भने, “ढिलो गरी अस्पताल ल्याउँदा उहाँको मृत्यु भयो ।” उनको गर्भमा रहेको बच्चाको पनि पेटमै मुत्यु भएको अस्पतालले जनाएको छ । मृत शिशु जन्मेको तीन घण्टापछि निज सुत्केरीको रक्तस्राव नरोकिँदा मृत्यु भएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप