
नेपालमा १० हजार एचआईभी संक्रमित उपचारको पहुँच बाहिर, ३० जनालाई कोरोना पुष्टि

नेपालमा ३० जना एचआईभी संक्रमित कोरोना भाइरसबाट संक्रमित भएका छन् । संक्रमित सबै उपचारपछि कोरोनामुक्त भएको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ । नेपालमा ८० प्रतिशतभन्दा बढी व्यक्ति असुरक्षित यौन सम्पर्कबाट एचआइभी संक्रमित भएको अध्ययनले देखाएको छ ।
अहिलेसम्म २९ हजार ५ सय ३ जनामा एचआइभी संक्रमण भएको अनुमान गरिएको छ भने १० हजार बढी संक्रमित उपचारको पहुँच बाहिर रहेको छन् ।
सन् १९८८ मा पहिलो पटक नेपालमा ४ जना यौनकर्मीमा देखिएको एचआइभी अहिले दिनमा दुईभन्दा बढीमा संक्रमण हुने गरेका छ । १ वर्षको अवधिमा ७ सय ३९ एचआइभी संक्रमितको मृत्युको छ ।
सरकारी सेवा बाहिर रहेका करिब १० हजार ९३ संक्रमित कहाँ छन् भन्ने कुरा सरकारलाई थाहा छैन । त्यसैले ती संक्रमितले समेत सो रोग फैलाउन सक्ने सरोकारवालाको भनाइ छ ।
तंथ्याङ्कअनुुसार आर्थिक वर्ष ०७६/०७७ मा ७ सय ९० नयाँ संक्रमित पहिचान गरिएको थियो । दैनिक सरदर दुईभन्दा बढीको एचआइभी संक्रमणका कारण मृत्यु समेत हुने गरेको छ ।
नेपालमा सन् २०१० को तुलनामा सन् २०१९ नयाँ संक्रमण ६४ प्रतिशतले घटेको भने ८० वटा एआरटी केन्द्रबाट निशुल्क औषधि वितरण भइरहेको छ ।
सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने सरकारको लक्ष्य छ । सरकारले यस वर्ष एड्स तथा यौन रोग नियन्त्रणका लागि ५६ करोड ७२ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ