केन्द्रीय संस्करण

नेफ्स्कूनद्वारा स्थिरीकरण कोष कार्यान्वयन रणनीतिसहित चार मस्यौदा कार्यविधि मन्त्रालयलाई हस्तान्तरण

person explore access_timeमंसिर १६, २०७७ chat_bubble_outline0

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले सहकारी ऐन २०७४ संशोधन, स्थिरीकरण कोष कार्यान्वयन रणनीतिसहित चार वटा मस्यौदा कार्यविधि सहकारी मन्त्रालयलाई हस्तान्तरण गरेको छ । नेफ्स्कूनले विषय विज्ञहरुसँग छलफल गरी तयार गरेको सहकारी ऐन २०७४ संशोधन, स्थिरीकरण कोष कार्यान्वयन रणनीति र चार वटा मस्यौदा कार्यविधि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव टेक नारायण पाण्डेलाई हस्तान्तरण गरेको हो । 

सोमबार एक कार्यक्रमको आयोजना गर्दै नेफ्स्कूनले सहकारी ऐन २०७४ मा आवश्यक संशोधन, सहकारी संस्थाको कर्जा असुली न्यायाधिकरण कार्यविधि २०७७, बिशिष्टीकृत सहकारी संघको गठन तथा सञ्चालन कार्यविधि २०७७, अन्तर सहकारी भुक्तानी (बचत तथा ऋण) सम्बन्धी कार्यविधि २०७७ र सहकारी बचत तथा कर्जा सुरक्षण कोष सम्बन्धी कार्यविधि २०७७ र स्थिरीकरण कोष कार्यान्वयन रणनीति मस्यौदा २०७७ तयारी गरी सचिव पाण्डेलाई हस्तान्तरण गरेको हो ।

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले राष्ट्रिय अन्तर्राष्ट्रिय असल अभ्यासहरुलाई गहन रुपमा अध्ययन समीक्षा गरेर आइएलओको साथ लिएर संघले कार्यविधि मस्यौदा बनाएको जानकारी दिए । 
मस्यौदा हस्तान्तरण गर्दै अध्यक्ष पौडेलले बचत तथा ऋण सहकारीहरुको छुट्टै ऐन आउने बित्तिकै वित्तीय सहकारीहरुमा देखिएका धेरै समस्याहरु स्वतः समाधान हुने दाबी गर्दै त्यसतर्फ गम्भीर उनले मन्त्रालयको ध्यानाकर्षण गराए ।

सहकारीको सिद्धान्तको जग नै सहकारीका अन्तर्राष्ट्रिय मूल्यहरु भएको प्रष्ट्याउँदै पौडेलले ऐक्यबद्धताका विषयमा पनि सरोकारवालाहरुलाई ध्यानाकर्षण गराए ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.