‘एसो हेरे पूर्वतिर’मा दयाहाङ र एलिशाको रोमान्स
मङ्गलबार, १६ मङ्सिर २०७७, १२ : २१
काठमाडौं । केही समय अगाडि ‘पछि पछि लागेर...’ बोलको गीत सार्वजनिक गरेर चर्चामा रहेका गायक पदम राइको नयाँ गीत ‘एसो हेरे पूर्वतिर..’ सार्वजनिक भएको छ ।
शशी गुरुङ ‘वाङ्देल’को शब्द, संगीत रहेको गीतको भिडियोमा अभिनेता दयाहाङ राई र अभिनेत्री एलिशा राईको रोमान्स देख्न सकिन्छ ।
किरण चाम्लिङ राईको निर्देशन रहेको भिडियोमा प्रेमकथा बुनिएको छ ।