बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आजबाट डिसहोममा फिल्म ‘छाँया’

मङ्गलबार, १६ मङ्सिर २०७७, १२ : ४२
मङ्गलबार, १६ मङ्सिर २०७७

काठमाडौं । बाल यौन दुराचारको विषयमा निर्माण भएको फिल्म ‘छाँया’ आज डिसहोमबाट रिलिज भएको छ । २०७२ सालमा चलचित्र बिकाश बोडबाट विशेष फिल्म घोषणा भएको  ‘छायाँ’ दर्शकको अनुरोधमा रिलिज गरिएको निर्देशक मनोज पण्डितले बताए ।

फिल्मले कथामा यौन दुराचारको कथा गम्भिर रुपमा उठाएको छ । फिल्ममा प्रकाश घिमिरे, अनुप बराल, अरुणा कार्की, आशान्त शर्मा, साइव्रत आचार्य, प्रविना खड्कालगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।  बृत्तचित्र ‘ग्रेटर नेपाल’, फिल्म ‘दासढुङगा, बधशाला, खाग, लक्ष्य’लगायतका फिल्म निर्देशन गरेका पण्डित छाँया सबैले हेर्नु पर्ने फिल्म रहेको बताउँछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप