बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पाटनको प्राचीन अग्निशालामा जस्ता हटाएर तामाको छाना हालिने

मङ्गलबार, १६ मङ्सिर २०७७, १८ : ०३
मङ्गलबार, १६ मङ्सिर २०७७

ललितपुर महानगरपालिका–१९ स्थित प्राचीन अग्निशालामा जस्ताको छाना हटाएर अब तामाको छाना राखिने भएको छ ।  महानगरपालिकाले सम्पदा संरक्षणलाई प्राथमिकतामा राखेर गौरवशाली योजनाअन्तर्गत उक्त काम अघि बढाउन लागेको हो । 

    पुरानो सम्पदालाई जोगाइराख्न महानगरपालिकाले रु ४० लाख बजेट छुट्याइसकेको प्रमुख चिरीबाबु महर्जनले बताए । उनले भने, “अब तुरुन्तै यो काम अघि बढाइनेछ । एकदम राम्रोसँग काम सम्पन्न गर्न सबैलाई आग्रह गर्दछु ।” 

    कुमारीपाटीमा रहेको कोरियन सप नजीकैको पेट्रोल पम्पबाट हिँडेर दुईदेखि तीन मिनेट परका ती अग्निशालामा पाँच छुट्टाछुट्टै धुनी छन् । यसमा निरन्तर आगो बलिरहने अग्निशाला व्यवस्थापन समितिका अध्यक्ष निगेन्द्रराज शर्माले बताए। 

चार हजार वर्षअघि सो अग्निशाला निर्माण भएको अनुमान गरिएको र सोबारे उल्लेख भएका शिलालेख हालसम्म कतै नभेटिएको पुजारीहरुको भनाइ छ । सो अग्निशालामा पूजापाठ गर्दा लागेको ग्रहदशा हटेर जान्छ भन्ने मान्यता छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप