बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रदेश १ मा थप १७९ जना कोरोना सङ्क्रमित, ९२ निको भए

मङ्गलबार, १६ मङ्सिर २०७७, २१ : ००
मङ्गलबार, १६ मङ्सिर २०७७

प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा १७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशमा ८३५ जनाको पिसीआर परीक्षण गरिएकामा ५५ महिलासहित १७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

    मन्त्रालयका अनुसार सङ्क्रमित हुनेमा मोरङका ५३ मध्ये विराटनगरमा ४०, सुनसरीका ३८, झापाका ६२, इलामका १०, पाँचथर र तेह्रथुमका दुई÷दुई, ताप्लेजुङ, उदयपुर र धनकुटाका एक÷एक तथा प्रदेश बाहिरका नौ जना   छन् । 

    प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या २७ हजार ४४१ पुगेको छ । प्रदेशमा आज ९२  सङ्क्रमित उपचारपछि निको भएर घर फर्केका छन् । यससँगै उपचारपछि निको हुनेको सङ्ख्या अहिलेसम्म २२ हजार ३७७  पुगेको छ । प्रदेशमा अहिलेसम्म एक लाख ९२ हजार २६१ जनाको पिसीआर परीक्षण  गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप