शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चिसो मौसममा तौल नियन्त्रणमा ल्याउनु छ भने अण्डा खानेबेला बिर्सेर पनि नगर्नुहोस् यी गल्ती

बुधबार, १७ मङ्सिर २०७७, १२ : ४४
बुधबार, १७ मङ्सिर २०७७

अण्डालाई धेरैले सुपरफूड भन्ने गर्छन् । यसमा पौष्टिक तत्वको खजाना हुने भएकोले यसको सेवन गर्न धेरैले सुझाउँछन् । तर के तपाईंलाई अण्डाले तपाईंलाई स्वस्थ राख्नुका सार्थ तपाईंको बढेको तौललाई पनि नियन्त्रणमा राख्छ ? आउनुहोस्, यसबारे जानकारी लिऔंः

द अमेरिकन जर्नल अप क्लिनिकल न्यूट्रीशनका अनुसार तौल कम गर्न शरीरमा प्रोटिनको महत्वपूर्ण भूमिका हुन्छ । प्रोटिनको सेवन गर्दा व्यक्तिलाई लामो समयसम्म भोक लाग्दैन र उनीहरुलृ आफूभित्र ऊर्जाको स्तर पनि बढेको महसुस गर्छन् । अण्डाको मद्दतले पनि व्यक्तिले आफ्नो तौल कम गर्न सक्छन्, यसका लागि उनीहरुले केही गल्ती भने गर्नुहुँदैन ।

अण्डाको पहेँलो भाग नखानुः

मानिसहरु अण्डाको पहेँलो भागले तौल बढाउँछ भन्ने सोचेर मानिसहरु यो खाँदैनन् । यूएसडीओका अनुसार पहेँलो भागमा पूरा अण्डाको आधा प्रोटिन पाइन्छ । यस्तोमा यदि तौल कम गर्ने मानिसहरु एउटा पूरा अण्डाको सेवन गर्छन् भने उनीहरुले तौल कम गर्नमा मद्दत पाउँछन् ।

अण्डाका लागि एक समय निश्चित गर्नुः

स्वस्थ रहनका लागि अण्डा एक राम्रो विकल्प हुनसक्छ । जो मानिसहरु अण्डाको सेवन एक निश्चित समयमा मात्रै गर्छन्, उनीहरुले गल्ती गरिरहेका छन् । उदाहरणका लागि थुप्रै मानिसहरुले अण्डाको सेवन ब्रेकफास्टमा गर्छन्, उनीहरु दिनभरी यसको सेवन गर्नबाट पनि बच्छन् । जबकी तपाईं अण्डा दिनको कुनै पनि समय खान सक्नुहुन्छ ।

अनहेल्दी फ्याटः

अण्डा बनाउने बेला अनहेल्दी फ्याट राखेर नबनाउनुहोस् । यस्ता अण्डा खाँदा तपाईं हृदय रोग, स्ट्रोक र मधुमेहजस्ता गम्भीर रोगको शिकार पनि हुनसक्नुहुन्छ । अण्डा बनाउने बेला जैतून, एभोकाडो र क्यानोलाजस्ता तेलको प्रयोग गर्न सक्नुहुन्छ ।

अत्यधिक सेवनः

हार्वर्ड हेल्थ पब्लिसिङका अनुसार मधुमेहद्वारा ग्रसित मानिसहरुले हप्तामा ३ दिनभन्दा बढी अण्डाको सेवन गर्नु हुँदैन । तौल कम गर्न चाहने मानिसहरुले पनि अण्डाको अत्यधिक सेवन गर्नु हुँदैन । यसका लागि तपाईंले अण्डाको सेवन औसतमा गरेर स्वस्थ रहन सक्नुहुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप