मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

८५ वर्षमा पनि उस्तै उत्साह, कोरोनाकालमा नातीसँग सिनेमा खेल्दै धर्मेन्द्र

बुधबार, १७ मङ्सिर २०७७, १३ : २८
बुधबार, १७ मङ्सिर २०७७

बलिउड अभिनेता धर्मेन्द्र ८५ वर्षका भइसके । तर, दर्शकलाई मनोरञ्जन गराउने चाहना उनमा अझै मरेको छैन । निर्देशक अनिल शर्माले भर्खरै देओल परिवारलाई लिएर फिल्म ‘अपने २’ बनाउने घोषणा गरेका छन् । यस फिल्ममा धर्मेन्द्रसँगै उनका दुुई छोरा सनी देओल र बबी देओल तथा नाती करण देओलले अभिनय गर्नेछन् ।

भारतमा कोराना भाइरसले उग्र रुप लिइरहे पनि सुुटिङमा जानका लागि आफु नडराएको धर्मेन्द्रले बताएका छन् । उनका अनुसार फिल्मको पुरै टिम आवश्यक सावधानी अपनाएर सुुटिङमा जानेछ । ‘मानिसहरु बहादूर बन्न आवश्यक छ, मुर्ख होइन,’ उनले भनेका छन् । प्रशंसकहरुले नै आफुलाई कलाकार बनाएकाले उनीहरुलाई मनोरञ्जन गराउन कहिल्यै नछाड्ने धर्मेन्द्र बताउँछन् । ‘जबसम्म काम गर्न लायक रहन्छु, त्यतिबेलासम्म एक अभिनेताका रुपमा नयाँ–नयाँ भूमिकाको प्रयोगमा जुुट्नेछुु,’ उनले भनेका छन्, ‘मानिसको उमेर कति भयो भन्ने कुराले कुनै फरक पार्दैन । केवल उसले आफुुभित्र जोशलाई कायम राख्न जरुरी छ ।’

एक अभिनेताका रुपमा आफु सधैं नयाँ कामको खोजीमा रहने उनले बताए ।  फिल्म ‘अपने २’ सन् २००७ मा रिलिज भएको स्पोर्टस् ड्रामा ‘अपने’ को सिक्वेल हो । आगामी वर्षको दिपावलीमा यो फिल्म प्रदर्शनमा आउनेछ ।

यसैबीच, सनी देओललाई भने कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप