विवाह बन्धनमा बाँधिए श्वेता र आदित्य, तस्बिरमा यस्तो देखियो
बलिउड गायक तथा कार्यक्रम प्रस्तोता आदित्यनारायण झा विवाह बन्धनमा बाधिएका छन् । उनले अभिनेत्री श्वेता अग्रवाससँग विवाह गरेका हुन् । दुबैको विवाहको तस्बिर अहिले इन्टरनेटमा निकै भाइरल भइरहेका छन् । १ डिसेम्बर अर्थात हिजो उनीहरुले नजिकका आफन्तको उपस्थितिमा मन्दिरमा विवाह गरेका थिए ।
विवाह समारोहमा धेरै मानिस सहभागी नभएपनि धुमधामका साथ आयोजना भएको थियो । आदित्य निकै सज्जिएर आफ्नी बेहुली लिन पुगेका थिए । विवाह मुम्बइको इस्कान मन्दिरमा सम्पन्न भएको थियो ।
त्यहाँको विभिन्न तस्बिर समेत अहिले बाहिर आएको छ । आदित्यले विवाहमा क्रिम कलरको शेरवानी लगाएका थिए । शिरमा पगडी र गलामा कुन्दनको माला समेत लगाएका थिए । श्वेताले पनि आदित्यसँग पहिरन म्याच गराएकी थिइन् । उनले क्रिम र गोल्डेन कलरको लेहंगा लगाएकी थिइन् । पहिरनका साथ धेरै गरगहना र मेकअपले उनी धपक्कै बलेकी देखिन्थिन् ।
विवाहमा आदित्य श्वेताले एकअर्काेलाई पिंक कलरको माला लगाइदिएका थिए ।
आदित्यको घरमा १ डिसेम्बरमा दुई खुसी सेलिब्रेसन गरिएको छ । एक उनका पिता उदितनारायणको जन्मदिन, अर्काे विवाह ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका अमिरसँग प्रधानमन्त्रीले भने– नेपाल लगानीका लागि नेपाल विश्वकै आकर्षक गन्तव्य
-
कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ
-
नेपालमा प्रत्येक दिन १० वटा भूकम्प
-
यी हुन् नेपाल–कतारबिच भएका सहमति र सम्झौताहरू (पूर्णपाठसहित)
-
रूद्रकली र खगेन्द्रप्रसाद जान पाएनन् कतार
-
गण्डकीको दोस्रो जित, कोशी प्रदेशको लगातार पाँचौँ हार