‘नेपाल सरकार कता छ ? रात्रीकालीन व्यवसायी यता छ’, तस्बिरमा हेर्नुहोस् ठमेलको प्रदर्शन
सामान्य अवस्था हुन्थ्यो भने राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेल रातभर पनि व्यस्त नै हुन्थ्यो । पर्यटकको चहलपहल, क्लब, दोहोरी, डान्सबारसहितका रात्रीकालीन गतिविधिले ठमेल चमकधमक हुन्थ्यो ।
तर विश्वप्यापी कोरोना महामारीसँगै बन्द भएको रात्रीकालीन व्यवसाय अझै खुलाइएको छैन । गत चैतदेखि नै बन्द भएको व्यवसाय अझै नखुलाइएको भन्दै सो क्षेत्रमा कार्यरतहरुले बुधबार प्रदर्शन गरेका छन् ।
९ महिनादेखि व्यवसाय बन्द हुँदा सो क्षेत्रमा कार्यरत कर्मचारीका साथै व्यवसायी नराम्ररी प्रभावित बनेका छन् भने जोखिम कायमै रहेको सरकारी भनाइका कारण अब कहिले खुल्छ भन्ने पनि टुंगो छैन ।
निरन्तरताको अनिश्चितताका कारण आफूहरु थप समस्यामा परेको भन्दै बुधबार सो क्षेत्रमा कार्यरतहरुले ठमेलमा प्रदर्शन गरेका हुन् ।
ठमेल पर्यटन विकास परिषद र ठमेल रात्रीकालीन व्यावसायी उपसमितिले अगुवाइमा भएको प्रदर्शनमा पहिलेकै अवस्थामा व्यवसाय खोल्न दिन माग गरेका थिए । यस्तै प्रदर्शनमा सहभागीबाट ‘रोग भन्दा भोक ठूलो, सरकार व्यवसाय खोलाँै कि आत्महत्या गरौँ, नेपाल सरकार कता छ, रात्रीकालीन व्यवसायी यता छ, काम छैन दाम छैन’, लगायतका ब्यानर बोकेर सरकारको चाँडो व्यवासय खोल्न ध्यानाकर्षण गराइएको थियो ।
ठमेलका अन्य व्यवसायले विस्तारै गति लिन थालेपनि रात्रीकालीन व्यवसाय सञ्चालनबारे भने अन्योलता कायमै रहेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ड्राई पाउडर इनहेलर ‘साभाकोर्ट’ नेपाली बजारमा
-
हामीले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त भएको होइन: पूर्व राष्ट्रपति भण्डारी
-
खर्च योजना सार्वजनिक गरेपछि खुम्चियो मेटाको शेयर
-
मनमोहन सेन्टर : १५औँ वसन्त पार गर्दै गर्दा...
-
प्रतिबन्ध लगाउन सक्ने अमेरिकी कानुनविरुद्ध टिकटक अदालत जाने
-
डढेलोले खोटाङमा तेह्र घर खरानी