काठमाडौँमा कुकुर दर्ता नगरे कारबाही
बिहीबार, १८ मङ्सिर २०७७, ०७ : ३५
काठमाडौँ महानगरपालिकाका कुकुर पाल्न सौखिन कुकुरधनीले अब आफ्नो कुकुर वडा कार्यालयमा अनिवार्य दर्ता गराउनुपर्ने छ । घर पालुवा कुकुरको उचित संरक्षण नगरिएको, बटुवा वा छरछिमेकमा हैरानी गराएको र सार्वजनिक स्थलमा मलमूत्र त्याग गराएर फोहोर गरेपछि दर्ता अभियान सुरु गर्न लागेको हो । महानगरले सचेतना अभियान चलाउँदा पनि नभएपछि अब दोस्रो चरणमा कुकुर धनीलाई कारबाहीसमेत गर्ने भएको छ ।
काठमाडौँ महानगरपालिकाले घरपालुवा कुकुरलाई सार्वजनिक स्थलमा शौच गराउने कुकुरधनी उपर निगरानी बढाएको छ । ओमबहाल, मैजुबहाल, जयबागेश्वरी, सिफल, कालोपुल लगायतका क्षेत्रका बाटोमा कुकुरलाई शौच गराइरहेका कुकुरधनीलाई नियन्त्रणमा लिएर यसो नगरिदिन अनुरोध गर्दै आएको छ ।
आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै