शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

घरेलु मैदान पीएसजीसँग युनाइटेड पराजित, नेयमारको दुई गोल

बिहीबार, १८ मङ्सिर २०७७, ०८ : २९
बिहीबार, १८ मङ्सिर २०७७

नेयमारको दुई गोलको मद्दतले पेरिस सेन्ट जर्मेनले म्यान्चेस्टर युनाइटेडलाई उसैको घरेलु मैदान ओल्ड ट्राफोर्डमा पराजित गरेको छ । यो सिजन युनाइटेडले घरेलु मैदानमा हारेको यो चौथो खेल हो ।

खेलको छैटौँ मिनेटमा नेयमारले पीएसजीलाई अग्रता दिलाएका थिए । ३२ औँ मिनेटमा मार्कस रासफोर्डले खेल बराबरी गरे । तर, दोस्रो हाफमा मिडफिल्डर फ्रेड दोस्रो पहेँलो कार्ड खाँदै मैदान छाडन् बाध्य बनेपछि युनाइटेड १० खेलाडीमा सिमित बन्यो । यसको फाइदा उठाउँदै मार्किन्होसले गोल गर्दै पीएसजीलाई पुनः अग्रता दिलाए । इन्जुरी समयमा नेयमारले च्याम्पियन्स लिगमा ३८ औँ गोल पुरा गरेपछि पीएसजी ३–१ ले विजयी बन्यो ।

समूहको अर्को खेलमा आरबी लेइपजीगले इस्तानबुल बासाकसेहिरमाथि ४–३ को रोमाञ्चक जीत हासिल गर्यो । समूह एचमा पीएसजी, युनाइटेड र लेइपजीगको समान ९ अंक रहेको छ । अब अर्को चरणमा छनौटका लागि युनाइटेडले जर्मन टोलीसँग अन्तिम खेलमा बराबरी गरे पुग्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप