शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

फाइजरको कोरोना भ्याक्सिन सुरुमा कसले र कहिले पाउँछन् ?

बिहीबार, १८ मङ्सिर २०७७, ०८ : ४१
बिहीबार, १८ मङ्सिर २०७७

बेलायत संसारको पहिलो यस्तो देश बनेको छ जसले फाइजर–बायोएनटेकको कोरोनाभाइरस भ्याक्सिनको व्यापक प्रयोगका लागि मञ्जुरी दिएको छ । 

बेलायतको स्वास्थ्य नियामक एमएचआरए (मेडिसिन एन्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एनेन्सी) ले बताए अनुसार यो भ्याक्सिन कोरोनाभाइरसको संक्रमितलाई ९५ प्रतिशतसम्म ठिक गर्न सक्छ र अर्को हप्तासम्म लञ्च गर्नका लागि यो सुरक्षित छ ।

कोरोनासँग बच्नका लागि खोप दिने अभियान अबको केही दिनमा नै सुरु हुनसक्छ । 

सुरुमा अत्यावश्यक परेका मानिसहरुलाई वा जसको स्वास्थ्य स्थिती नाजुक अवस्थामा छ, उनीहरुलाई भ्याक्सिन दिइनेछ ।

 बेलायतले पहिले नै यो खोपको चार करोड डोजको अर्डर दिएको छ । हरेक व्यक्तिलाई खोपका दुई डोज दिइनेछ । अर्थात्, हाल दुई करोड मानिसले खोप पाउने सम्भावना छ । 

यो संसारको सबैभन्दा तीब्र गतिमा विकसित गरिएको भ्याक्सिनहो जुन बनाउन १० महिला लाग्यो । साधारणतया यस्ता भ्याक्सिन तयार हुन एक दशकसम्मको समय लाग्छ । 

यद्यपि, जानकारका अनुसार भ्याक्सिन लगाउँदा समेत मासिनहरुले संक्रमण रोक्ने नियमको पालना गरिरहनुपर्छ । 

यो भ्याक्सिनले कसरी गर्छ काम ?

यो एक नयाँ तरिकाको एमआरएनए कोरोना भ्याक्सिन हो जसमा महामारीका बेला जम्मागरिएका कोरोना भाइरसको जेनेटिक कोडको स–साना टुक्राको प्रयोग गरिएको छ । 

कम्पनीका अनुसार जेनेटिक कोडका सानो टुक्राले शरीर भित्र रोग प्रतिरोधी शक्ति बढाउँछ र कोभिड–१९ विरुद्ध शरीरलाई लड्नका लागि तयार राख्छ । 

यसअघि एमआरएनए भ्याक्सिनलाई मानिसको प्रयोगका लागि मञ्जुरी दिइएको थिएन । यद्यपि, क्लिनिकल ट्रायलको क्रममा मानिसहरुलाई यस प्रकारको भ्याक्सिनको डोज दिइएको छ । 

एमआरएनए भ्याक्सिनलाई मानिसको शरीरमा इन्जेक्ट गरिन्छ । 

यो इम्युन सिस्टमलाई कोरोनाभाइरससँग लड्नका लागि एन्टीबडी बन्न र टी–सेललाई एक्टिभेट गरेर संक्रमित कोसिकालाई नगट गर्नका लागि निर्देशन दिन्छ । 

यसपछि जब ती व्यक्ति कोरोनाभाइरसद्वारा संक्रमित हुन्छन् तब उसको शरीरमाबनेको एन्टीबडी र टी–सेलले भाइरससँग लड्नका लागि काम सुरु गरिदिन्छ ।

यो कसले पाउँछन् र कहिलेसम्म पाउँछन् ?

विशेषज्ञले यसका लागि एक प्राथमिकता सूची तयार गरेका छन् र यसमा बढी जोखिम भएका मानिसहरुलाई प्राथमिकता दिइनेछ जसमा केयर होममा बस्ने मानिसहरु, कर्मचारी, ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र स्वास्थ्य एवं सामाजिक सेवासँग जोडिएका केही कर्मचारी । 

उनीहरुलाई भ्याक्सिनको पहिलो खेप दिइनेछ । यीमध्ये केहीलाई त अर्को हप्तादेखि नै भ्याक्सिन दिइनेछ । ५० वर्षभन्दा कम उमेरका मानिसहरु र पहिलादेखि नै स्वास्थ्य समस्यासँग जुधिरहेका कम उमेरकालाई पनि सन् २०२१ मा भ्याक्सिनको स्टक उपलब्ध हुने बित्तिकै अभियान चलाइनेछ । यो भ्याक्सिन इन्जेक्सनको रुपमा दिइनेछ जसमा दुई डोज लिनुपर्नेछ । 

पहिला डोज लिएको २१ दिनपछि दोस्रो भ्याक्सिनलाई बुस्टर डोजको रुपमा दिइनेछ । इम्यूनिटी वृद्धि हुन केही हप्ता लाग्नेछ ।

अन्य कोरोना भ्याक्सिन के हुँदैछन् ?

केही अन्य भ्याक्सिन प्रोजेक्टमा अहिले पनि काम चलिरहेको छ र उनीहरुले चाँडै नै मञ्जुरी पाउने सम्भावना रहेको बताइएको छ ।

 यीमध्ये एक मोडर्ना भ्याक्सिन हो जसमा फाइजरजस्तै एमआरएनए प्रविधिको प्रयोग गरिएको छ ।

 बेलायतले मोडर्ना भ्याक्सिनको ७० लाख डोजका लागि पहिले नै अर्डर दिइसकेको छ । वसन्तसम्म यसको खोप तयार हुने बताइएको छ । 

बेलायतबाहेक अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाको कोरोना भ्याक्सिनको १० करोड डोज पहिले नै अर्डर दिइएको छ ।

 यो भ्याक्सिनमा हानिकारक रहित विषाक्तको प्रयोग गरिएको छ जसमा केही परिवर्तन गरिएको छ ताकि यो कोरोनाभाइरस जस्तै लागोस् । 

रुस पनि स्पुतनिक नामको कोरोना भ्याक्सिनमाथि काम गरिरहेको छ । यसबाहेक चीनको मिलिट्रीले एक भ्याक्सिनलाई मञ्जुरी दिएको छ जसलाई क्यानसिनो बायोलोजिक्सले मञ्जुरी दिएको छ । – बीबीसी


  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप