नवौं राष्ट्रिय खेलकुद फागुनमा नुहुने
पोखरामा सञ्चालन हुने भनिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनमा नहुने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नवौं राष्ट्रिय खेलकुद आगामी फागुन २० गतेदेखि पोखरामा गर्ने निर्णय गरेको थियो । गण्डकी प्रदेशको राजधानी पोखरामा हुन लागेको नवौं राष्ट्रिय खेलकुदका लागि आवश्यक भौतिक पूर्वाधार अन्र्तगत स्वीमिङ, सुटिङ र हंकिबाहेक अरु खेलका पूर्वाधारहरु निर्माण भइसकेका छन् ।
स्वीमिङ र सुटिङको लागि टेन्डर पारित भएको छ भने हकीको लागि जग्गा खोज्ने कार्य भैइरहेको छ । खेलका भौतिक पूर्वाधारहरु तयार भएपनि कोरोना संक्रमणको जोखिमका कारण फागुनमा खेल आयोजना गर्न नसकिने राखेप सदस्य सम्पन्न श्रेष्ठले बताए ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशको राजधानी पोखरामा नै हुने र पूर्वाधारका कारण खेल नरोकिने उनले स्पष्ट पारे । यद्यपी खेल कहिले हुने भन्ने सम्बनधमा राखेपले छिट्टै निर्णय गर्नेपनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद