बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सरस्वती ज्ञवालीको कवितासंग्रह सार्वजनिक

बिहीबार, १८ मङ्सिर २०७७, १५ : ११
बिहीबार, १८ मङ्सिर २०७७

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीकी धर्मपत्नी सरस्वती ज्ञवालीको अर्को नयाँ कृति कवितासंग्रह सार्वजनिक भएको छ । 
कवयत्री ज्ञवालीले जीवनका विभिन्न आरोह–अवरोह र अनुभूतिहरुलाई कवितामा उतारेकी छिन् । ‘स्वभिमान’ नाम दिइएको कविता संग्रहमा देश प्रेमको भाव झल्कने र वर्तमान समाजका विषयहरु पनि समेटिएको छ । 

कवितासंग्रहलाई अपाङ्गता भएका बालबालिकालाई समर्पित गरेकी छिन् । कवयत्री ज्ञवाली आफैपनि अपाङ्गता भएकी छोरीको अविभावक हुन् । संग्रहमा समेटिएको ‘सीता र भृकुटी’को माटोमा भन्ने शीर्षकमा नेपाली नारिहरु माथिको उत्पीडनलाई उतारिएको छ । यस्तै ‘कविता संग्रहको आवाज’ शीर्षक कविता कवियत्री ज्ञवालीको आफ्नै अनुभव बयान गरेजस्तो लाग्छ । 

फरक शारिरिक अवस्थाकी छोरीलाई आफ्नो मातृत्व र स्नेहले हुर्काएको अनुभूति पनि कवितामा छ । कवयत्री ज्ञवालीले कवितामा आफ्नो छोरीबाट आमाको सम्बोधन सुन्न लालायित भएको कठोर तृष्णा पनि व्यक्त गरेकी छिन् ।  वि.सं २०१९ कात्र्तिक महिनामा पाल्पा जिल्लामा जन्मिएकी ज्ञवाली वापमन्थी आन्दोलनमा संलग्न थिइन् । यस अघि कवयत्री ज्ञवालीको आत्मकथा ‘लाल्टिनको उज्यालोमा’ पाठक सामु ल्याएकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप