सिद्धार्थ बैंकद्वारा पर्वतारोहण संघलाई १ लाख सहयोग
बिहीबार, १८ मङ्सिर २०७७, १६ : ०४
काठमाडौं । सिद्धार्थ बैंंकले नेपाल पर्वतारोहण संघ (एनएमए) लाई एक लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले एनएमएद्वारा सञ्चालित ‘माउण्टेन डिजास्टर रिलिफ एण्ड इडिकेशन सर्पोट’ फण्डलाई उक्त रकम सहयोग गरेको हो ।
बिहीबार एक कार्यक्रमका बीच बैंकका रिलेससिप म्यानेन्जर मोहनी महर्जनले एशोसिएसनका कार्यकारी निर्देशक (सिइओ) कुलप्रसाद राईलाई सो रकम हस्तान्तरण गरिन् ।
बैंकले सामाजिक उत्तरदायीत्व वहन (सीएसआर) अन्तरगत उक्त रकम एशोसिएसनलाई उपलब्ध गराएको जनाएको छ ।
सहयोग रकम ग्रहण गर्दै एशोसिएसनका सिइओ राईले सो रकम पर्वातारोहणका क्रममा दुर्घनामा परेका, प्रभावित परिवार लगायत पर्वातारोहणको क्षेत्रमा काम गर्ने मजदुरहरुको शिक्षा, स्वास्थ्य लगात व्यक्तिको वृद्धि विकासमा खर्च गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी