फिल्म हल अझै नखोल्न सरकारको अनुरोध
काठमाडौं । कोरोनाको कारण बन्द भएका सबै क्षेत्र खुलिसकेका छन् । तर, फिल्म क्षेत्र भने अझै खुल्न सकेको छैन । त्यसैले पनि फिल्मसँग सम्बन्धित सबै संघसंस्था फिल्म क्षेत्र खोल्नतिर लागि परेका छन् । सरकारले भने अझै फिल्म हल नखोल्न आग्रह गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले स्वास्थ्य मन्त्रालयको बुधबारको नियमित पत्रकार सम्मेलनमा अझै फिल्म हल नखोल्न आग्रह गरेका हुन् । उनले संक्रमणको अवस्थालाई मध्यनजर गर्दै सिनेमा हल, रात्रीकालिन व्यवसाय, धेरै मानिसहरु भेला हुने र जनस्वास्थ्यका मापदण्डहरु उल्लंघन हुने खालका संस्था तथा व्यवसायीहरु नखोल्न आग्रह गरेका हुन् ।
अझैं १५ दिन स्वास्थ्य मापदण्ड कडाइका साथ लागू गर्नुपर्नेमा समेत उनको जोड रहेको थियो । कार्यक्रममा गौतमले सभा, सम्मेलन, भेला, धर्ना, घेराउ जस्ता क्रियाकलाप समेत नगर्न सुझाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी