बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चन्द्रनिगाहपुरमा उपमेयर कप राष्ट्रिय महिला कराते प्रतियोगिता हुने

बिहीबार, १८ मङ्सिर २०७७, १९ : ४१
बिहीबार, १८ मङ्सिर २०७७

रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा अगामी २८ गतेदेखी उपमेयर महिला कप राष्ट्रिय कराँते प्रतियोगिताको आयोजना हुने भएको छ । चन्द्रपुर नगरपालिकाको आर्थिक सहयोगमा हुने राष्ट्रिय महिला कराते प्रतियोगितामा देशका विभिन्न १३ नगरपालिकाका महिला कराते खेलाडीहरुको सहभागिता रहने आयोजक नेपाल सितोरियो कराते संघ रौतहटले जनाएको छ ।

लामो समयको बन्दाबन्दीपछि रौतहट जिल्लामा पहिलो पटक राष्ट्रिय स्तरको प्रतियोगिताको आयोजना हुन लागेको नेपाल सितोरियो कराते संघ रौतहटका अध्यक्ष अशोक पहाडीले जानकारी दिए । प्रतियोगिता देशका विभिन्न १३ नगरपालिका र भारतको एक टिम गरी २०० खेलाडीको सहभागिता रहने आयोजक पक्षले जनाएको छ ।

खेलमा महिला २५, ३०, ३५, ४०, ४५, ५०, ५५, ६० र ६५ किलो तौल समूहमा प्रतिष्पर्धा हुनेछ भने टिम काता र एकल काताका खेल हुने जनाइएकोे छ । प्रतियोगिता आउँदो मंसिर २८, २९ र ३० गते चन्द्रनिगाहपुरस्थित तुलसीलाल अमात्य स्मृति रंगशालामा हुनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप