शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘इन्दू की जवानी’ को दोस्रो गीत रिलिज

बिहीबार, १८ मङ्सिर २०७७, १९ : ५३
बिहीबार, १८ मङ्सिर २०७७

मुम्बई । फिल्म ‘इन्दू की जवानी’को दोस्रो गीत रिलिज भएको छ । गीतमा कियारा आडवाणी तथा आदित्य सील रेट्रो अवतारमा देखिएका छन् । पुराना अभिनेत्री तथा अभिनेताको झलक आदित्य र कियाराले गीतमा दिएका छन् ।

हिन्दी फिल्म हेरेर आफु ठूलो भएको निर्देशक अबीर सेन गुप्ताले बताएका छन् । ‘फिल्म जगतलाई एक नयाँ रुप दिन महत्वपुर्ण योगदान दिने पुरानो फिल्ममा आफ्नो खास लगाव रहेको छ । गीत मार्फत फिल्मी जगतमा महत्त्वपुर्ण योगदान दिएका ६० देखि ९० को दशमसम्मका फिल्म प्रतिको आफ्नो लगाव प्रस्तुत गर्न चाहन्थे । त्यसैले मैले यस गीत मार्फत कियारा र आदित्यलाई केही फिल्मको आइकोनिक लुकमा प्रस्तुत गरिएको छ,’ उनले भने ।

गीतमा आदित्य अलग–अलग दशकका अभिनेताको स्टाइलमा प्रस्तुत गरिएको छ, भने कियारकालाई पनि शर्मिला टेगोर, जीनत अमान, परवीन बाबी, उर्मिला मातोन्डरको आइकोनिक स्टाइलमा रुपमा प्रस्तुत भएकी छन् ।

फिल्म ‘इन्दु कि जवानी’ भुषण कुमार, दिब्य खोसला कुमार, कृष्ण कुमार, मोनिशा आडवाणी, मधु भोजवानी, निखिल आडवाणी, निरन्जन आयन्गर, रायन स्टीफन्सले निर्माण गरेका हुन् ।

अबीर सेनगुप्ताले निर्देशन गरेको फिल्ममा कियारा आडवाणी, आदित्य सील, मल्लिका दुआको मुख्य भूमिका रहेको छ । फिल्म डिसेम्बर ११ मा रिलिज हँुदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप