शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मह शुद्ध कि अशुद्ध ? ६ घरेलू तरिकाले पहिचान गर्नुहोस्

शुक्रबार, १९ मङ्सिर २०७७, १० : १६
शुक्रबार, १९ मङ्सिर २०७७

मह खानुका विभिन्न फाइदा छन् । यसै कारण मानिसहरुले यसलाई आफ्नो खानामा कसैगरी समावेश गर्ने कोसिस गर्छन् । तर सबै महले स्वास्थ्यमा फाइदा पुर्याउँछ भन्ने छैन । आजकाल बजारमा अर्गानिक र शुद्ध महको नाममा नक्कली र मिसावट भएको मह छ्यापछ्याप्ती पाइन्छ । यदि तपाईं मह खानुहुन्छ भने यहाँ बताइए अनुसार गरेर मह शुद्ध हो कि अशुद्ध भनेर पत्ता लगाउन सक्नुहुन्छ ।

 १. तातो पानीले बताइदिन्छ सक्कली हो कि नक्कलीः

महको पहिचान गर्ने सबैभन्दा राम्रो र सहज तरिका तातो पानी हो । यसका लागि काँचको गिलास वा कचौरामा तातो पानी लिनुहोस् । यसमा एक चम्चा मह मिसाउनुहोस् । यदि यो पानीमा बिलिन हुन्छ भने बुझ्नुहोस् कि महमा मिसावट छ । र यदि यो मोटो तार जस्तो बनेर भाँडाको मुनी बसिरहन्छ भने यो सक्कली हो भनेर बुझ्नुहोस् । कतिले महमा चिनी वा सख्खर मिसाउने गर्छन् जसका कारण यो पानीमा सहजै घुल्ने गर्छ ।

२. आगोमा बल्छ महः

यदि पानीले महको शुद्धता परीक्षण गर्न सकिरहनु भएको छैन भने आगोमार्फत् महको शुद्धताको जाँच गर्न सक्नुहुन्छ । यसका लागि एउटा मैनबत्ती बाल्नुहोस् र एउटा काठको सिन्कामा कपास बेर्नुहोस् र त्यसमा मह राखेर आगो बाल्नुहोस् । त्यसपछि यसमा आगो बाल्नुहोस् । यदि कपास बल्न थाल्यो भने मह सक्कली हो यदि बल्न समय लिइरहेको छ भने महमा पानी मिसाएको हुनसक्छ ।

३. टिश्यू पेपरबाट पहिचान गर्नुहोस् महः

महको शुद्धताको परीक्षण टिश्यू पेपरबाट पनि गर्न सकिन्छ । यसका

लागि टिश्यू पेपरमाथि एक थोपा मह हाल्नुहोस् । यदि महमा पानी मिसिएको छ भने टिश्यू पेपरले यो सोस्छ जबकी शुद्ध मह पेपरमा नै जम्मा भएर बसिरहन्छ ।

४. पाउरोटी हुन्छ कडाः

दैनिक खाइने पाउरोटीले पनि महको शुद्ध–अशुद्धको खेल पक्रन सक्छ । शुद्ध मह पाउरोटीमा राख्दा त्यो कडा हुन्छ जबकी मिसावट मह पाउरोटीमा लगाउँदा नरम र गिलो हुन्छ ।

४. औंलाले गर्नुहोस् परीक्षणः

महको एक थोपालाई बुढी र चोरी औलाको बीचमा राख्नुहोस् । यसलाई तार बनाउने कोसिस गर्नुहोस् । यदि मह शुद्ध छ भने मोटो तार बन्नेछ । जबकी मिलावट गरिएको मह फैलिने गर्छ ।

६. पानी–भिनेगरले गर्नुहोस् परीक्षणः

काँचको गिलास वा कचौरामा एक ठूलो चम्चा मह, २–३ थोपा भेनेगर र थोरै पानी मिसाउनुहोस् । यसलाई दुई तीन मिनेटसम्म यत्तिकै छोडिदिनुहोस् । यदि यसमा फिँज आए महमा मिसावट छ भनेर बुझ्नुहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप