बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

किसान कानूनबारे कंगना र दिलजीतको ट्वीटरमा ‘महाभारत’

शुक्रबार, १९ मङ्सिर २०७७, ११ : ३३
शुक्रबार, १९ मङ्सिर २०७७

किसान आन्दोलनसँग जोडिएको बीबीसीको एउटा भिडियोमा बलिउड अभिनेता दलजीत दोसांझ  र अभिनेत्री कंगना रनौतबीच तिखो बहस भएको छ ।

यो भिडियो एक वृद्धा किसान महिन्दर कौरसँग जोडिएको छ । उनको तस्बिर र भिडियो सोसल मिडियामा भाइरल भएको थियो । यी तस्बिर र भिडियोमा ८८ वर्षकी महिन्दर झुकेको कम्मर हुँदा हुँदै पनि पंजाबका किसानसँग मिलेर केन्द्र सरकारको कृषि कानूनविरुद्ध आन्दोलनमा सरिक भएकी थिइन् ।

महिन्दर कौरको यो तस्बिर पछि सोसल मिडियामा उनको तुलना शाहिन बाग प्रदर्शनको अगुवाई गर्ने ‘बिलकिस दादी’ सँग पनि गर्न थालेका थिए । यद्यपि, सोसल मिडियामा केही मानिसहरुले महिन्दर कौर नै ‘बिलकिस दादी’ भएको दाबी गर्न थाले ।

यसैबीच अभिनेत्री कंगना रनौतले बिलकिस र महिन्दर कौर दुबैको तस्बिर एकसाथ ट्वीट गर्दै लेखेकी थिइन्, ‘हाहा । यी तिनै हजुरआमा हुन् जसलाई टाइम म्यागजिनको १०० सबैभन्दा प्रभावशाली व्यक्तिको सूचीमा समावेश गरिएको थियो... र उनी सय रुपैयाँमा उपलब्ध छिन् ।’

यद्यपि, पछि कंगनाले उक्त ट्वीट डिलिट गरिन् । यसैबीच फ्याक्ट चेक वेबसाइट अल्ट न्यूजले महिन्दर कौर र बिलकिस दुई भिन्न महिला हुन् भनेर स्पष्ट पारिसकेको छ ।

बीबीसीले यो पूरा घटनाक्रमपछि महिन्दर कौरसँग कुराकानी गरेको थियो र कंगनाको ट्वीट बारे उनको प्रतिक्रिया जान्न चाहेको थियो । बीबीसीसँगको कुराकानीमा महिन्दर कौरले कंगना रनौतको टिप्पणीमा कडा आपत्ति जताएकी थिइन् ।

उनले  भनेकी थिइन्, ‘कंगनाले मसँग आएर केही बेर खेतमा काम गरुन् । उनलाई थाहा त होस् कि किसानको काम कति मुश्किल छ ।’

बीबीसीको यो भिडियो सोसल मिडियामा निकै चर्चित भयो । पंजाबसँग सम्बन्धित दिलजीत दोसांझले पनि यसलाई ट्वीटरमा सेयर गरे र कंगनालाई ट्याग गर्दै सोधे, ‘यो हेर्नुहोस् टिम कंगना । प्रमाणसहित सुन्नुहोस् । मानिसहरु यति विधि पनि अन्धो हुनुहुँदैन । जे पनि बोलिरहेकी छिन् ।’

यसको जवाफमा कंगनाले लेखिन्, ‘ओ करन जोहरका घर पालुवा । जो हजुरआमाले शाहीन बागमा आफ्नो नागरिकताका लागि आन्दोलन गरिरहेकी थिइन् त्यो बिलकिस बानो हजुरआमा किसानका लागि पनि आन्दोलन गरिरहेको देखिइन्, महिन्दर कौरजीलाई म त चिन्दिनँ । के नाटक चलाइरहेका छौ तिमीहरुले ? यसलाई तुरुन्त बन्द गर ।’

त्यसपछि दिलजीतले ट्वीट गरे, ‘तिमीले जति जनासँग काम गरेकी छौं, तिमी ती सबैको घर पालुवा हौ ? त्यसो हो भने त मालिकको सूची त लामो हुनेछ । हामी बलिउड वाला होइनौं, पञ्जाबी हौं । झुटो बोलेर मानिसहरुलाई भड्काउन र भावनासँग खेल्न त तपाईंलाई राम्रोसँग आउँछ ।’

यसमा कंगनाले जवाफ दिइन्, ‘मैले त शाहिन बागकी हजुरआमामाथि मात्रै कमेन्ट गरेकी थिएँ । यदि कसैले मलाई गलत प्रमाणित गरे माफी माग्नेछु ।’

कंगना र दिलजीतको बहस यतिमा मात्रै सिमित भएन, थप तीब्र बन्यो । दुबैले आपत्तिजनक लवजमा एक–अर्कामाथि तँतँ–मम गरे । त्यसपछि ट्वीटर उनीहरु शीर्ष ट्रेन्डमा आए । मानिसहरु कंगनालाई माफी माग्नसमेत भनिरहेका छन् ।

यी दुईको विवादमा गायक मिका सिंहले पनि प्रतिक्रिया दिएका छन् ।

उनले कंगनालाई माफी माग्नसमेत भनेका छन्  ।

मिका सिंहले आफ्नो ट्वीटर अकाउन्टमा लेखेका छन्, ‘म कंगनालाई असाध्यै सम्मान गर्दथेँ । उनको अफिस भत्काइँदा उनको समर्थनमा मैले ट्वीट पनि गरेको थिएा । तर अहिले लाग्छ कि म गलत थिएँ । कंगना एक महिला भएकोले ती वृद्धामाथि केही सम्मान देखाउनु पर्छ । यदि तिमीमा केही शिष्टाचार बाँकी छ भने माफी माग । तिमीलाई लाज लाग्नुपर्ने हो । ’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप