बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नारायणगोपालका उत्कृष्ट दश गीत

शुक्रबार, १९ मङ्सिर २०७७, १३ : २९
शुक्रबार, १९ मङ्सिर २०७७

काठमाडौं । नेपाली संगीतिक थुप्रै कालजयी गीत संगीत दिएका छन् स्वर सम्म्राट नारायण गोपालले । सफल र ख्याती प्राप्त आधुनिक नेपाली गायक उनको काठमाडौँ किलागलमा वि.सं. १९९६ असोज १८ जन्मि भएको थियो । नारायणगोपाल गुरुवाचार्य पुरा नाम भएपनि नारायण गोपालको नामले चिनिने उनले १ सय ३६ गीत नेपाली  संगीतिक क्षेत्रमा दिएका छन् । चलचित्र तथा नाटकहरुमा समेत उनका गीत प्रयोग भएका छन् । 

रोमान्टिक, प्रेम, वियोग र विरह लगायतका गीतहरु गाउने उनका थुपै्र पहिलेदेखि अहिलेसम्म उनीकै सुनिनेमा पर्दछन् ।  वि.सं २०४७ साल मंसिर १९ गते निधन भएका उनले आज  पुन्यतिथी पनि परेको छ । सोही अवसरमा हामीले बिभिन्न कलेक्सनमा उत्कृष्ट गीतको रुपमा समेटिएका दश गीत यहाँ  पनि राखेका छौ । 

यति धेरै माया दिइ
मनभरि दुःख नदेउ

सेन्टिमेन्टल शैलीमा तयार भएको यो गीत नारायण गोपालको एल्बम ‘बेष्ट अफ नारायण गोपाल’ मा समावेस छ । नारायाण गोपालको अहिले पनि धेरै सुनिने गीतमा यो पनि पर्दछ । 

केही मिठो बात गर
रात त्यसै ढल्दैछ

नारायण गोपालको स्वर तथा संगीत रहेको यो गीतमा शब्द कालीप्रसाद रिजालको रहेको छ । गीत क्लासिकल शैलीमा तयार भएको यो रोमान्टिक गीत हो ।

आज है राती के देखे सपनी 
मै मरि गएको मै मरि गएको 

गीति श्रद्धाञ्जली एल्बममा समावेश यो गीत नारायण गोपालको लोकप्रिय गीत मध्येको एक हो । गीतमा आफुले सपनीमा आफ्नै निधन देखिएको कुरा ब्यक्त गरिएको छ ।

माया गर्नेको चोखो माया पनि देखियो
बाचा गर्नेको बाचा बन्धन पनि देखियो 

नारायण गोपालकै स्वर तथा संगीत रहेको गीतमा कालीप्रसाद रिजालको शब्द रहेको छ । प्रेमिकाले धोका र उनको बाचा बन्धनको कुरा गीतले बोलेको छ ।

तिम्रो जस्तो मुटु मेरो पनि 
तिम्रो जस्तो माया मेरो पनि 

गोपाल योञ्जनको शब्द रहेको गीतमा कर्म योन्जन र गोपाल योन्जनको संगीत रहेको छ ।  

मेरो बेहोसी आज 
मेरो लागि पर्दा भयो  

यो गीत ‘मलाई नसोध’ एल्बममा रहेको छ । गीतले प्रेम पीडा ब्यक्त गरेको छ । 

यो सम्झने मन छ, म बिर्सु कसरी 
तिमीनै भनिदेउ ए जाने निठुरी 

नारायण गोपालको बहुचर्चित गीत मध्ये यो पनि एक हो । यो गीत अहिले पनि धेरै सुनिनेमा पर्दछ । स्वर तथा शब्द नारायण गोपालकै रहेको गीतमा संगीत एरेन्ज पंकज सिक्देलको रहेको छ ।

एउटा मान्छेको मायाले यहाँ 
कति फरक पार्दछ जिन्दगीमा 

दीपक जंगमको संगीत, चन्दा शाहको शब्द रहेको यो गीतमा पनि प्रेमको कुरा ब्यक्त गरिएको छ ।

पर्खि बसे आउला भनि 
मेरो उठ्ने पालो, मेरो उठ्ने पालो 

ब्लु नोट्स एल्बममा समावेश यो गीतले मायालुको पर्खाइमा रहेका प्रेमीको पीडा ब्यक्त गरेको छ । नीर शाहको शब्द रहेको गीतमा शम्भुजित बास्कोटाको संगीत छ । 

झरेको पात झै भयो 
उजाड मेरो जिन्दगी

‘नारायण गोपाल कलेक्सन २’ एल्बममा रहेको यो गीत बिन हेपरले लेखेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप