बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रुपन्देहीका छुट्टाछुटै स्थानमा ३ पुरुष मृत फेला

शुक्रबार, १९ मङ्सिर २०७७, १३ : ३७
शुक्रबार, १९ मङ्सिर २०७७

बुटवल । रुपन्देहीका छुटाछुट्टै ठाउँमा तीन जना पुरुष मृत अवस्थामा फेला परेका छन् । रुपन्देहीको बुटवलका दुई ठाउँ र मर्चवारी गाउँपालिका १ महुवाटमा गरी ३ जना पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।  बुटवल उपमहानगर पालिका वार्ड १२ नयागाँउ खानेपानी ट्याङकी नजिकै सैनामैना न.पा.१ बन्कट्टा बस्ने वर्ष २९ का किशोर थापा मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

उनले मादक पदार्थ सेवन गरेको प्रहरीले जनाएको छ । यता, मर्चवारी गाउँपालिका १ महुवाघाटमा मायादेवी गाउँपालिका ८ बस्ने वर्ष २० का अजयकुमार बानियाँ मृत अवस्थामा फेला परेका छन् ।  त्यस्तै, बुटवल उपमहानगरपालिका ९ स्थित भुड्कीचोकको आकाशे पुलमुनि ५५ वर्षीय एक व्यक्ति मृत फेला परेका छन् । तीनवटै घटनाका बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप