गाँजालाई अति खराब ड्रग्सको सूचीबाट हटाउने निर्णय राष्ट्रसंघबाट पारित
एजेन्सी । संयुक्त राष्ट्रसंघमा गाँजालाई अति खतरनाक ड्रग्सको सूचीबाट हटाउने पक्षमा मतदान भएको छ । यसअघि विश्व स्वास्थ संगठनले पनि गाँजालाई अति खराब ड्रग्सको सूचीबाट हटाउन राष्ट्रसंघ समक्ष सिफारिस गरेको थियो । गाँजाको अनुसन्धान र विश्वमा यसको औषधिय प्रयोगका लागि यस निर्णयको प्रभाव ठूलो रहने अपेक्षा गरिएको छ ।
के थियो, के भयो ?
नार्कोटिक ड्रग्सका लागि संयुंक्त राष्ट्रसंघको कमिसनमा ५३ सदस्य राष्ट्र छन् । गाँजालाई खतरनाक ड्रग्सको सूचीबाट हटाएर पुनवर्गिकरण गर्नुपर्ने पक्षमा २७ सदस्य राष्ट्र र विपक्षमा २५ सदस्यले भोट खसाले । युक्रेन भने यस प्रक्रियामा अनुपस्थित रह्यो । यसअघि गाँजालाई १९६१ को भेलाले अति खतरनाक नार्काेटिक ड्रग्सको सूचीमा राखेको थियो । जसकारण यसलाई हेरोइन, मेथाडोन, मोर्फाइन, अफिम र कोकिनजस्ता ड्रग्ससँग अति खराब ड्रग्सको सूचीमा सूचीकृत गरिएको थियो ।
अमेरिका र अधिकांश युरोपेली देशहरुले गाँजालाई यस सूचीबाट हटाउनुुपर्ने पक्षमा मत खसालेका थिए भने चीन, पाकिस्तान, रुसलगायत देशहरुले विपक्षमा मत खसाले । ‘यस्तो निर्णयको अर्थ विश्वभर गाँजालाई वैध बनाइँदैंछ भन्ने होइन । तर यो निर्णायक मोड हो,’ ग्लोबल सी नामक गाँजा परामर्श कम्पनीकी कार्यकारी निर्देशक जेसिका स्टिनवर्गले भनेकी छिन् ।
गत महिना सम्पन्न अमेरिकी निर्वाचनका दौरानमा न्युु जर्सी, साउथ डाटोका, मोन्टाना र एरिजोनाले गाँजा वैध हुनुपर्ने पक्षमा मत खसालेका थिए । यससँगै गाँजाको प्रयोगलाई वैधता दिने राज्यको संख्या अमेरिकामा १५ पुुगेको छ । त्यस्तै, अमेरिकाका २० राज्यले औषधिय प्रयोगका लागि गाँजालाई वैधता दिएका छन् । पिऊ रिसर्च सेन्टरका अनुसार ९१ प्रतिशत अमेरिकीहरु गाँजा वैध हुनुपर्ने धारणा राख्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालबाट १ अर्ब ७३ करोडको जडीबुटी निर्यात, यार्सागुम्बा बेचेरै ६२ करोड भित्रियो
-
हाम्रो कृषि विकासको बाटो कुन ?
-
पेन्सन स्किमको मुद्दामा हाम्रो ऐक्यबद्धता छ : महासचिव राई
-
ट्रयाक्टरले किचेर एकको मृत्यु
-
आर्थिक वृद्धिको गति बढाउने गरी योजना बनाउन आवश्यक: मन्त्री अर्याल
-
‘बोक्सीको घर’ बारे प्रिमियरमा कसले के भने ?