बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

थप १२७२ जनामा कोरोना संक्रमण, १६ को मृत्यु

शुक्रबार, १९ मङ्सिर २०७७, १६ : ३६
शुक्रबार, १९ मङ्सिर २०७७

बितेको २४ घण्टामा देशभर १२७२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा ४८४ महिला र ७८८ जना पुरुष रहेका छन् । यस्तै १५७५ जना संक्रमणमुक्त भएको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १६ जनाले ज्यान गुमाएका छन्  ।

यससँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख ३८ हजार ८६१ जना पुगेको छ भने निको हुनेको संख्या २ लाख २१ हजार ८४७ र मृतकको कुल संख्या १५६७ पुगेको छ । 
यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ४४७ रहेको छ । मन्त्रालयका अनुसार संक्रमित निको हुने दर ९२.९ प्रतिशत रहेको छ । 

यस्तै हालसम्म १७ लाख ७१ हजार ९५० जनाको पीसीआर भएको छ भने पछिल्लो २४ घण्टामा ८ हजार ३१ जनाको परीक्षण भएको छ । 
यसैबीच पछिल्लो २४ घण्टामा काडमाडौं उपत्यकामा ६०६ जनामा संक्रमण पुष्टि भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप