बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल बङ्गलादेश बैंकद्वारा सामुदायिक विकास समितिलाई ३ लाख सहयोग

शुक्रबार, १९ मङ्सिर २०७७, १६ : ४४
शुक्रबार, १९ मङ्सिर २०७७

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौं महानगरपालिका वडा नं ३२ सुविधानगर स्थित सामुदायिक विकास समितिलाई तीन लाख रुपैयाँ सहयोग गरेको छ । 

सो समितिले स्थापना काल देखिनै आफ्नो क्षेत्र भित्र बाटो, दल, खानेपानी, विजुलीवत्ती, टोल सुधार मर्मत, मन्दिर निर्माण, पार्क उद्यान निर्माण तथा सरसफाईको कार्य अनवरत रुपमा गर्दै आएको छ । 

हस्तान्तरण गरिएको रकम सो समितिले निर्माण गरेको एक सामुदायिक पुस्तकालयका लागि आवश्यक पुस्तक खरिद तथा सोहि पुस्तकालयको व्यवस्थापनका लागि उपयोग गरिने समितिले जनाएको छ ।

बैंकको कमलादी स्थित प्रमुख कार्यालयमा भएको कार्यक्रममा बैंकका सहायक महाप्रबन्धक सलोनिका सिंह र प्रमुख संचालन अधिकृत सुरेश देवकोटाद्वारा समितिका सचिव हर्क बहादुर भट्टराईलाई रकम हस्तान्तरण गरिएको हो ।

साथै बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधै आफ्नो उच्च प्राथमिक्तामा राख्दै आएको जानकारी गराएको छ । बैँकले आफ्नो संस्थागत नारा नै “हामी सबैको बैँक” भन्ने रहेकोले सो नारा अनुसारको उद्देश्य प्राप्तिको लागि समाजका हरेक वर्गका सर्वसाधारणहरुको जीवन स्थरमा उत्थान गर्न सहयोग गर्ने लक्ष्य रहेको जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप