मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्म सुटिङकै क्रममा बलिउडका ३ कलाकारलाई कोरोना संक्रमण

शुक्रबार, १९ मङ्सिर २०७७, १७ : ११
शुक्रबार, १९ मङ्सिर २०७७

मुम्बई । बलिउड स्टार वरुण धवन, नीतु कपुर र अनिल कपुर कोरोना संक्रमित भएका छन् । फिल्म ‘जुग जुग जियो’ सुटिङको क्रममा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो । फिल्मका निर्देशक राज मेहतामा समेत कोरोना देखिएको छ । फिल्मको सुटिङ पछिल्लो समय चन्डीगढमा भइरहेको थियो । त्यही क्रममा कलाकार र निर्देशक कोरोना संक्रमित भएका हुन् ।

कलाकार ठिक भएर रिपोट नेगेटिभ नआउन्जेलका लागि  फिल्मको सुटिङ भने अहिले रोकिएको छ । सबै कलाकारको कोरोना टेष्ट रिपोट बिहिबार बाहिर आएको थियो । जसमा पोजेटिभ देखिएको थियो ।  फिल्मकी अभिनेत्री कियारा आडवाणीको बिषयमा भने अहिले समाचार बाहिर आएको छैन । 

तिनै कलाकारले फिल्मको सुटिङ नोभेम्बरमा शुरु गरेका थिए ।फिल्ममा बरुण धवन, कियारा आडवाणी, अनिल कपुर र नीतु कपुरको मुख्य भुमिका रहेको छ । नीतु ७ वर्षपछि यसै फिल्ममार्फत अभिनयमा फर्किएकी हुन् । उनी पछिल्लो समय २०१३ मा फिल्म ‘बेशरम’ मा देखिएकी थिइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप