केन्द्रीय संस्करण

स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एक जना पक्राउ

person explore access_timeमंसिर १९, २०७७ chat_bubble_outline0

बारा जिल्लाको पचरौता नगरपालिका ७ बेनौलीस्थित सीमा इलाकाबाट सशस्त्र प्रहरी टोलीले स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही जिल्लाको सिम्रौनगढ गनरपालिका ८ बस्ने २३ वर्षीय सैनुल्लाह अन्सारी छन् ।

बीआर ०५ एजी ८०७५ नम्बरको भारतीय मोटरसाइकलमा सवार अन्सारीलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बैनौलीबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनले उक्त रुपैयाँको श्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो ।

सशस्त्रको टोलीले उनी सवार मोटरसाईकल समेत बरामद गरेको छ । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.