शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

घुससहित सशस्त्रका सहायक हवल्दार पक्राउ

शुक्रबार, १९ मङ्सिर २०७७, १७ : ३७
शुक्रबार, १९ मङ्सिर २०७७

बुटवल । कपिलवस्तुको कृष्णनगरमा सशस्त्र प्रहरी सहायक हवल्दार घुससहित पक्राउ परेका छन् । घरायसी सामान ओसारपसारमा सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग घुस लिँदै गर्दा सशस्त्र प्रहरी सहायक हवल्दार लिलबहादुर गुरुङलाई अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो ।

आयोगको बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले  ३५ हजार घुससहित उनलाई पक्राउ गरिएको रातोपाटीलाई बताए । उनकाअनुसार सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट कृष्णनगरमा कार्यरत सहायक हवल्दार गुरुङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलबाट खटिएको टोलीले पक्राउ गरेको हो । कृष्णनगर नगरपालिका  २ गोलघरस्थित मिलन रेष्टुरेन्ट एण्ड दुर्गा गेष्ट हाउसबाट उनलाई नियन्त्रणमा लिएको भुसालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप