शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नारायण गोपाल बिना नेपाली गीत संगीत अधूरोः राज्यमन्त्री मानन्धर

शुक्रबार, १९ मङ्सिर २०७७, १७ : ५९
शुक्रबार, १९ मङ्सिर २०७७

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले स्वर सम्राट नारायण गोपालको योगदान बिना नेपाली संगीत क्षेत्र अधूरै रहने बताएका छन् । 
नारायण गोपालको ३०औं स्मृति दिवसका अवसरमा बालाजु अष्टनारायण पिक्चर्सले आयोजना गरेको कार्यक्रममा मानन्धरले नेपाली गीत संगीतको क्षेत्रमा नारायण गोपालको योगदान युगौं युगसम्म रहिरहने बताए । 
मन्त्री मानन्धरले नेपाली सुगम संगीतको विकासमा नारायण गोपालको योगदानको कसैसँग तुलना हुन नसक्ने बताए । 

सरकारले कला, साहित्य तथा गीतसंगीत र संस्कृतिको संरक्षणका लागि आवश्यक काम गरिरहेको बताउँदै मानन्धरले गीतसंगीत क्षेत्रको विकासका लागि आफूले पनि भूमिका खेल्ने बताए । 
आज प्रविधिसँगै साँगीतिक क्षेत्रमा पनि परिवर्तन आएको बताउँदै मानन्धरले आधुनिकतासँगै मौलिकताको संरक्षण र संवद्र्धन गर्नुपर्नेमा जोड दिए । 
कार्यक्रमममा नारायण गोपालको अन्तिम गीत ‘विरही माया’ का संगीतकार भूपेन्द्र रायमाझीले नेपालको आधुनिक गीतसंगीतमा नारायण गोपालको नभएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप