बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपति भण्डारीद्वारा समवेदना प्रकट

शुक्रबार, १९ मङ्सिर २०७७, १८ : २७
शुक्रबार, १९ मङ्सिर २०७७

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फ्रान्सका पूर्वराष्ट्रपति भालेरी जिस्का डेस्टाँको निधन भएकामा त्यहाँका राष्ट्रपति इम्म्यानुएल म्याँक्रोलाई समवेदना सन्देश पठाउँदै पूर्वराष्ट्रपतिको असामयिक अवसानबाट नेपालले एक असल मित्र गुमाएको बताएका छन् ।

राष्ट्रपति भण्डारीले आज फ्रान्सेली राष्ट्रपतिलाई पठाउनुभएको शोकसन्देशमा पूर्वराष्ट्रपतिका शोकाकूल परिवारजन, फ्रान्स सरकार र त्यहाँका जनतामा समवेदना व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप