शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘दिनहुँ आमसभा जुलुस गर्दा कोरोना नलाग्ने, गरी खान्छु भन्नेलाई मात्र लाग्ने?’

शुक्रबार, १९ मङ्सिर २०७७, १९ : ०९
शुक्रबार, १९ मङ्सिर २०७७

काठमाडौँ । होटल, पर्यटन तथा एभियसन (अन्तर्राष्ट्रिय) क्षेत्र पूर्णतः बन्द छन् । गत चैतदेखि निरन्तर बन्द रहदै आएको यो क्षेत्रले अबको तीन महिनापछि नै वर्ष दिन पुरा गर्दैछ । तर अझै यो क्षेत्रले कहिलेबाट व्यवसायिक गतिशीलता पाउने हो कुनै टुङ्गो छैन । कोभिड–१९ को संक्रमण र सन्त्रास कायमै रहिरहेको अवस्थामा होटल, पर्यटन क्षेत्र खुल्ला गर्ने कि नगर्ने भन्नेमै अझै द्वविधा छ । यो बीचमा सिङ्गो पर्यटन क्षेत्रले झण्डै २० अर्ब रुपैयाँ बराबरको नोक्सान व्यहोरिसकेको छ भने लाखौँ मजदुर व्यवसायीहरु व्यवसायबाटैविमुख हुने अवस्था आएको छ ।

त्यसो त अब पनियो क्रम नरोकिए अबको केही समय पछि नै साना तथा मझौला व्यवसायीहरु सदाका लागि व्यवसायबाटै पलायन हुने खतरा बढेर गएको स्वयम् व्यवसायीहरुले नै बताउन थालेका छन् । तर सरकार अझै कोभिडलाई नै देखाएर रमिते बनिरहेको छ । अब पनि यस्तै अवस्था रहिरहे सिङ्गो पर्यटन क्षेत्र नै धरासाही हुने र यसको सम्पूर्णतः जिम्मेवारी सरकारले लिनुपर्ने व्यवसायीहरुले चेतावनी दिएका छन् ।

‘विगत ९ महिनादेखि हामी समस्यासँग जुधिरहेका छौँ । कोभिड–१९ को प्रभाव व्यवसायिक समस्या त छँदैछ, अझै व्यवसाय कहिलेबाट खोल्न पाउने हो, अनिश्चितताका बाबजुद थप हामी व्यवसायीहरु मर्माहत भएका छौँ ।’

होटल तथा पर्यटन व्यवसायी संघ, बागमती प्रदेशका अध्यक्ष सन्तोष उप्रेतीले भने, ‘७–८ महिना देखि घरवहाल(भाडा) तिर्न पाएका छैनौँ । कर्मचारीलाई तलब खुवाउन सकेका छैनौँ । उता७–८ महिनादेखिको बैङ्कको ब्याज, किस्ता तिर्न सकेका छैनौँ । बैङ्कले दिनको तीन पटक फोन गर्छ । व्यवसाय छैन । गर्ने के ? के व्यवसाय हुँदा र कर लिन पाउँदा मात्र राज्य हुने हो ? के हामी व्यवसायीहरुप्रति राज्यको कुनै दायित्व हुँदैन ?

उप्रेतीले भने, ‘खै राज्य भएको आभास ? मर्दा, पर्दा र समस्यामा पर्दा त सहयोग गर्ने कोही हुँदोरहेनछ त । यत्रो समस्यामा डुब्दा न त अहिलेसम्म कसैको सहयोग पाइयो नत राज्यले नै हामीलाई हे-यो । हामीलाई सहयोग चाहियो भन्न खोजेका पनि होइनौंँ । मात्र हामीले काम गरेर खाने वातावरण चाहियो भनेका हौँ । सरकार हामीलाई गरी खाने वातावरण देऊ ।’

‘दैनिक रुपमा कोभिडलाई नै चुनौति दिने गरी विभिन्न पार्टी र संघ–संस्थाका कार्यक्रमहरु भैरहेका छन् । दिनहुँ हुलहुल्लज, आमसभा, ¥याली प्रदर्शनहरु भइरहेका छन् । खैत कोरोना लागेको ?के कोरोना दैनिक मजदुरी गरेर खाने श्रमिकहरुलाई मात्र लाग्ने हो ?’

उप्रेतीका अनुसार लामो समयदेखि होटल,पर्यटन तथा मनोरञ्जन पर्यटनका क्षेत्र, नाइट क्लब, दोहोरी साँझ, बार लगायतका यावत क्षेत्र बन्द हुँदा सो समयमा सिङ्गो पर्यटन क्षेत्रले अर्बौको नोक्सान व्यहोरेको छ । भने सोबाट लाखौ मजदुर व्यवसायीहरुले रोजगार गुमाएका छन् । यस्तो अवस्थामा अझैं व्यवसाय खुल्ने समय लम्बिदै जाने हो भने, साना तथा ठूला व्यवसायीहरु व्यवसायबाटै पलाय हुने अवस्था आउछ । यसलाई बुझेर पनि अब अबिलम्ब पर्यटन क्षेत्र खुल्ला गर्नुपर्छ ।

‘होटल, पर्यटन क्षेत्रमा व्यवसायिहरुको अर्बौको लगानी रहेको छ । साना देखि ठूला सोही अनुुसार दैनिक व्यवस्थापनको खर्च आउछ ।  व्यवसायको भाडा, कर्मचारी खर्च, बैंकको ब्याज किस्ता लगायत याबत खर्चहरु रहन्छन् । यस्तो अवस्थामा व्यवसाय शुन्य हुँदा कसरी व्यवस्थापन गर्ने ? अर्बौँको लगानी गरेर महिनौँ–महिनासम्म हात बाँधेर बस्नुपर्दाको पीडा कसले बुझिदिने ? व्यवसाय नचल्दा, कमाइ नहुँदा पनि आखिर राज्यले कर पाएकै छ । व्यवसायीहरुलाई निचोरेकै छ । किन खोल्नुप¥यो ? अब हामीले बुझ्ने यहीँ त होला नी ! नत्र एक वर्ष बित्न लागिसक्दा पनि किन व्यवसाय खोल्न सरकार तयार हुँदैन ? दिनहुँ आमसभा जुलुस गर्दा कोरोना नलाग्ने, गरी खान्छु भन्नेलाई मात्र लाग्ने ?’

‘नत्र प्रधानमन्त्री केपी शर्मा ओली कोरोनाको त्रास र भयका कारण बिगत ८ महिनादेखि सिंहदरबार छिर्न नसक्ने तर तिनै पार्टीका अमुक व्यक्तिहरु चाहिँ सभा, सम्मेलन गर्दै हिँड्ने छुट कसले दियो । यदि साँच्चैनै कोरोनाको त्रास हो भने सबै नागरिकहरुको जीवन रक्षा गर्नुपर्ने दायित्व सरकारको होइन र ?’

‘अब यसरी हुँदैन । सरकारले जसरी पनि निकास दिनु पर्छ । जोखिम मोलेरै भए पनि अब सरकारले पर्यटन क्षेत्रलाई गतिशील बनाउनु पर्छ । यसको विकल्प छैन,’ अध्यक्ष उप्रेतीले भने, ‘अन्यथा लाखौँ व्यवसायीहरु व्यवसायबाटै पलायन हुने अवस्था आउन सक्छ । यो कसैको कारण नभएर स्वयम् सरकारकै कारण हुनेछ । यसको  जिम्मेवारी सरकारले नै लिनुपर्छ,’ उप्रेतीले भने ।

यता, होटल एशोसिएसन अफ नेपाल (हान) ले पनि अब कुनैपनि हालतमा पर्यटन व्यवसायलाई रोक्न नहुने भन्दै व्यवसाय खोल्नुको विकल्प नभएको बताएको छ । आवश्यक स्वास्थ्य सुरक्षाका प्रोटोकल अपनाउँदै अब पर्यटन व्यवसाय खोल्नुको विकल्प नरहेको भन्दै हानका अध्यक्ष श्रीजना राणाले सरकारसँग पर्यटन क्षेत्र खोल्न आग्रह गरेकी छिन् ।

त्यस्तै, ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपाल (टान), होमस्टे एशोसिएसन (होसान्), -याफ्टिङ, बोटिङ, लगायत मनरोञ्जन क्षेत्रका व्यवसायिहरुले समेत पर्यटन क्षेत्र खुल्ला गर्न सरकारसँग माग गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप