बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीमती हत्याको आरोपीलाई १० वर्ष कैद

शुक्रबार, १९ मङ्सिर २०७७, २० : ०४
शुक्रबार, १९ मङ्सिर २०७७

चितवन । चितवन अदालतले श्रीमती हत्याको आरोपमा एक पुरुषलाई १० वर्ष कैद सजाय फैसला गरेको छ । न्यायाधीश अवनी मैनाली भट्टराईको इजलाशले हत्या आरोप लागेका पूर्णप्रसाद ढकाललाई आज १० वर्ष कैद फैसला गरेको हो । फैसलामा रु एक लाख जरिवाना र रु ८०० पीडित राहत कोषमा जम्मा हुने गरी सजायको सुनाएको छ ।

रत्ननगर नगरपालिका–१५, माधवपुरमा गत जेठ ६ गते ५४ वर्षीय श्रीमान् पूर्णप्रसाद ढकालले खुकुरी प्रहार गर्दा ४३ वर्षीया श्रीमती सुशीला ढकाल गम्भीर घाइते भएकी थिइन् । सुशीलाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा जेठ १५ गते मृत्यु भएको थियो । घरायसी विवादको क्रममा खुकुरी प्रहार हुँदा सुशीला घाइते भएकी थिइन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप