बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

बालिकालाई बलात्कार गर्ने २ जना  पक्राउ

शुक्रबार, १९ मङ्सिर २०७७, २१ : ००
शुक्रबार, १९ मङ्सिर २०७७

हुम्ला जिल्ला सर्केगाड गाउँपालिकाकी एक बालिकालाई बलात्कार गरेका आरोपमा फरार दुई अभियुक्तलाई आज बिहान प्रहरीले पक्राउ गरेको छ । 
गत वर्ष  साउन २१ गते बालिकालाई लुगा धुन गएका समयमा पाँच जनाले सामूहिक बलात्कार  गरेका आरोपमा सोही गाउँका तीन जनालाई तत्काल नै र फरार दुई जनालाई आज डेढ वर्षपछि सर्केगाड– ६ बाट  पक्राउ गरिएको हो । 
 अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले  बिहान ४ बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप