केन्द्रीय संस्करण

बेलायतमा भ्याक्सिन प्रतिक्षारत मृतकको संख्या बढ्दै

person explore access_timeमंसिर १९, २०७७ chat_bubble_outline0

लन्डन । कोरोना विरुद्धको भ्याक्सिनलाई मान्यता दिने बेलायत पहिलो मुलुक बनेसँगै बेलायतवासी थप उत्साही बनेका छन् । अझ कोरोना संक्रमित भएका र हस्पिटलमा उपचारार्थ भर्ना भएका बिरामीहरुमा बाँच्ने आशा पलाउनु स्वभाविक नै हो । आज मात्र फाइजर(बायोएनटेकद्वारा तयार पारिएको भ्याक्सिनको पहिलो लट बेलायत भित्रिसकेको छ । तर, बेलायतमा कोरोनाको दोस्रो लहर तीव्र रुपमा फैलिरहेको छ । अहिले यहाँ एकसाताभित्र तीन हजार भन्दा बढी कोरोना संक्रमितको मृत्यु भैरहेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ल को तथ्याँकले देखाएको छ ।   

शुक्रबार  सार्वजनिक भएको तथ्याँकअनुसार बितेको २४ घन्टामा मात्र थप ५०४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हिजो विहीबार २४ घन्टामा मृत्यु हुनेको संख्या ४१४ रहेको थियो ।  मृतकको आधारमा बेलायत विश्वभरिमै  पाँचौं स्थानमा रहेको छ भने युरोपमको अग्रस्थानमा पर्दछ । बेलायतमा कोरोना संक्रमणका कारण हालसम्म ६० हजार ६१७ जनाको ज्यान गैसकेको छ ।     

यसैगरी कोरोना संक्रमितको संख्या पनि पछिल्लो २४ घन्टामा १६ हजार नाघेको छ ।  शुक्रबार साँझसम्ममा थप १६२९८ जना नयाँ संक्रमित थपिएका छन् ।  यससँगै बेलायतमा हालसम्म कोरोना संक्रमितको संख्या १६ लाख ९० हजार ४३२ पुगेको सरकारी तथ्याँकले देखाएको छ ।  अहिले बेलायतको हस्पिटलहरुमा १४ हजार भन्दा बढीकोरोना संक्रमितको उपचार भैरहेको छ । पछिल्लो २४ घन्टामा मात्र एक हजार ३६४ जना नयाँ संक्रमित हस्पिटल भर्ना भएका छन् । जसमध्ये एक हजार २६१ जनालाई भेन्टिलेटर बेडमा राखेर उपचार भैरहेको छ ।  

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.