शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तौल घटाउन मेवाको फूल

शनिबार, २० मङ्सिर २०७७, ०८ : ५१
शनिबार, २० मङ्सिर २०७७

एजेन्सी – प्रकृतिको उपहारको रुपमा पाइने विभिन्न फलफूलले मानव स्वास्थ्यमा निकै फाइदा पुर्याउने गर्छ । मानव शरीरलाई स्वस्थ्य र मजबुत बनाउन विभिन्न फलफूल नभई हुँदैन । त्यसैले हरेक दिन विभिन्न प्रकारका फलफूलको सेवन गर्ने गरिन्छ । यसमध्ये मेवा स्वास्थ्यका लागि निकै फाइदाजनक छ त्यति मात्र होइन मेवाको पात र फूल पनि उत्तिकै फाइदाजनक छ । 

मेवाको फूलले थुप्रै स्वास्थ्य समस्याको समाधान गर्छ । साथै, यो पोषक तत्वले भरपूर पनि हुन्छ । 

मेवाको फूल कसरी तयार गर्ने ? 
मेवाको फूलको स्वाद निकै कडा हुन्छ । त्यसैले मानिसहरु यसको सेवन गर्न मन पराउँदैनन् । केही मानिसहरु भने यसको फूललाई विभिन्न तरिकारले बनाएर खाने गर्छन् । यसको फूलको चटनी वा अचार बनाएर पनि खान सकिन्छ ।

यसको फाइदा
मेवाको फूलले पाचन प्रक्रियालाई मजबुत गराउँछ । उच्च रक्तचाप नियन्त्रण गर्न, भोक मेटाउन, शरीरको मेटाबोलिज्म ठिक गर्न मद्दत गर्छ । यसको सेवनले मेटाबोलिज्म बढाएर शरीरलाई दैनिक क्रियाकलाप गर्न सहयोग गर्छ । मेवाको फूलको सेवनका साथै व्यायाप गर्न पनि सुरु गर्नुपर्छ जसले शरीरमा नयाँ उर्जा प्रदान गर्छ । 

पाचन प्रक्रिया
अपच, पेट फुल्ने जस्ता समस्या देखापरेमा मेवाको फूलको सेवनले कब्जियतबाट छुटकारा दिलाउने र अपच भएमा पचाउन समेत मद्दत गर्छ । 

उच्च रक्तचाप
रगतको काम खाना र पौष्टिक तत्व साथै अक्सिजनलाई शरीरका विभिन्न अंगमा पुर्याउनु हो । उच्च रक्तचापको समयमा रक्त बाक्लो हुने र राम्रोसँग बग्न सक्दैन तर मेवााको फूलको सेवनले रगत पातलो हुने र सामान्य गतिमा रक्तसञ्चार हुन्छ । 

भोक
भोक लाग्न कम भएमा वा खाना खान मन नलागेका भोक बढाउन प्राकृतिक औषधिको रुपमा मेवाको फूल सेवन गर्न सकिन्छ । एक रिपोर्टका अनुसार इन्डोनेशियामा भोक बढाउन मानिसहरु हरेक विहान मेवाको फूल खाने गर्छन् । 

तौल
मोटोपन संसारकै मानिसहरुको समस्या भएको छ । मोटोपन कुनै पनि व्यक्तिका लागि फाइदाजनक हुँदैन । मेवाको फूलमा भिटामिन ए, बी र सी पाइन्छ जसले फ्याट कम गराउँछ मद्दत गर्छ । यसले तौल घटाउन समेत मद्दत गर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप