शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दृष्टिकोण

शनिबार, २० मङ्सिर २०७७, १० : ३१
शनिबार, २० मङ्सिर २०७७

- रवीन बस्ताकोटी  


कपाल कोरेर चिटिक्क पारेको होस् 
या मरुभूमिको सिउँडी जस्तो जिङग्रिङ्ग परेको होस्
त्यसभित्र रहेको मष्तिकको खाल्डोको 
आयतन नाप्दा समान छ 
तिम्रो र मेरा लागि एउटै समाज विद्यमान छ 
तर तिमीभन्दा म भिन्न छु 
म तिमीभन्दा फरक छु ।

भौतिकतामा 
हामी एउटै वस्तुका अवलोकन गर्छौं
तिमो सोचाइ र मेरो बुझाइ फरक छ
त्यसैले
तिमीभन्दा म भिन्न छु
म, तिमीभन्दा फरक छु र

एउटा अगेनु हेर्दा
तिमी बलिरहेको आगो देख्छौँ
म चिसो चुल्हो र भोको पेट देख्छु
तिमी बलिरहेको आगोमा बार्बिक्यु देख्छौ
त्यसको मीठो बासना सुँघ्छौ ।
म बलिरहेको आगोमा एउटा चिता देख्छु
त्यसको नमीठो गन्ध पाउँछु ।
सुटबुटमा मान्छे हिँड्दा,
तिमी उसको व्यक्तित्वको आवरण देख्छौ
म खोक्रो आडम्बरको ढ्वाङ देख्छु
तिमी सुकिलो कपडामा इज्जत देख्छौ
तिमी अत्तरको सुगन्ध पाउँछौ
म भ्रष्टचारको नमीठो गन्ध पाउँछु ।
म श्रमिकको भिजेको कपडामा इज्जत देख्छु ।

मैलो लुगामा मान्छे हिँड्दा
तिमी असभ्य र फोहोरीको उपमा दिन्छौ
म अभाब र उत्पीडनको सिकार भएको देख्छु
म गरिबीको चरम सीमा देख्छु
तिमी त्यस लुगाबाट आएको अमिलो गन्ध सुँघ्छौ
म त्यहाँ श्रमकको मीठो सुगन्ध पाउँछु
पौरखी हातहरू र स्वाभिमान देख्छु ।

बाटोमा युगल जोडी देख्दा 
तिमी प्रेमको एउटा सुन्दर नमुना देख्छौ
म पश्चिमाको नचाहिँदो सिकोको प्रारूप देख्छु
तिमी उपहार र गिफ्टहरूमा समर्पण भावको उदाहरण देख्छौ
म प्रेममा धन मोहको निकृष्टता देख्छु
मनभन्दा तनको उपयोग देख्छु
म त्यहाँ प्रेमभन्दा पनि वासनाको संसार देख्छु ।
गुलाबको बोटहरूमा,
तिमी नगन्य सङ्ख्यामा रहेका फूल र कोपिलाहरू देख्छौ
म सयौँमा रहेकाम घुम्रे काडाँहरू देख्छु
तिमी फललाई अमर प्रेमको प्रतीक सम्झी प्रेमीलाई दिन्छौ
 म ओइलिएर झरेको पूmल देख्छु
फूलझैँ झरेको प्रेम देख्छु
म विछोडको पीडासँगै बाकिरहने घुम्रे काँडाहरू देख्छु
हो, त्यसैले 
तिमीभन्दा म भिन्न छु
म तिमीभन्दा फरक छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा