बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

लागूऔषध कारोबार गर्ने दुईजना पक्राउ, हतियार समेत बरामद

शनिबार, २० मङ्सिर २०७७, १० : ३८
शनिबार, २० मङ्सिर २०७७

काठमाडौँ । सुनसरी प्रहरीले धरान उपमहानगरपालिका–१० धर्मपथ लाइन बस्ने ३८ वर्षीय पूर्णबहादुर लिम्बुले कोठाबाट लागूऔषध ओसारपोसार गरेर ल्याई सञ्चय गरी कारोबार गर्छ भन्ने गोप्य सूचनाको आधारमा तलासी गर्दा लागूऔषध बरामद गरेको छ ।

लुकाईछिपाई राखेको अवस्थामा Spasmo-proxyvon@plus ७२ क्याप्सुल, नाईट्रोसन ट्याब्लेट ६ चक्की बरामद भएको सुनसरीका प्रहरी उपरीक्षक (एसपी) कमल थापाले जानकारी दिए ।

पूर्ण बहादुरलाई लिम्बुलाई लागूऔषध ओसारपोसारमा सहयोग गर्ने धरान उपमहानगरपालिका–११ का ५० वर्षीय साकुरा लिम्बु समेत पक्राउ परेका एसपी थापाले बताए । उनीहरुविरुद्ध सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

एसपी थापाका अनुसार उनीहरुको साथबाट लागूऔषधसहित हतियार पनि बरामद भएको छ । फलामको तरबार १ वटा, खुकुरी १ वटा, छुरा १ वटा, एयरगन १ वटा, मोबाइल २ थान र २९ हजार पाँच सय रुपैयाँ नगद समेत बरामद भएको थापाले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप