मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

जंगलमा खुकुरी देखाएर सुनको गहना लुट्ने पक्राउ

शनिबार, २० मङ्सिर २०७७, १० : ४२
शनिबार, २० मङ्सिर २०७७

काठमाडौँ । सुनको गरगहना तथा नगद चोरीको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । दाङ घोराही उपमहानगरपालिका–१३ का २८ वर्षीय दिलबहादुर घर्ती पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

उनले मंसिर १० गते ज्यामिरे दहबाट फर्किन लागेका घोराही–३ बस्ने ३८ वर्षीय विनोद कुमार चौधरी र मेनुका चौधरीलाई एकान्त स्थान जंगलमा खुकुरी देखाएर सुनको गरगहना, मोबाइल र नगद लुटेर फरार भएका थिए । घर्तीलाई सोही स्थानमा गोले चौधरीले साथ दिएको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) सुमित खड्काका अनुसार पक्राउ परेका घर्ती र चौधरीले सुनको सिक्री २ थान, मोबाइल ४ थान र १० हजार रुपैयाँ लुटेर भागेका थिए ।

सुनको गरगहना लुटेको खबर पीडितले प्रहरी कार्यालयमा जाहेरी दिएलगत्तै व्यापक प्रहरी परिचालन गरेर उनीहरुको खोजी गर्ने क्रममा घर्ती पक्राउ परेको डीएसपी खड्काले बताए । घर्तीको साथबाट सुनका सिक्रीहरु र १ थान मोबाइल बरामद भएको छ ।

घटनामा संलग्न गोले चौधरी फरार रहेकाले खोजीकार्य भइरहेको खड्काले बताए । पक्राउ परेका घर्तीविरुद्ध डाँका चोरी कसुर शीर्षकमा मुद्दा दायर गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप