शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्ड एक घण्टाअघि नै बालुवाटारमा

शनिबार, २० मङ्सिर २०७७, १२ : ३३
शनिबार, २० मङ्सिर २०७७

नेकपा कार्यकारी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । शनिबार दिउँसो १ बजेका लागि सचिवालय बैठक तय भएकोमा सो भन्दा १ घण्टाअघि नै प्रचण्ड बालुवाटार पुगेका हुन् । 
बालुवाटारमा सचिवालय सदस्य ईश्वर पोखरेल र महासचिवा विष्णु पौडेल पनि पुगेका छन् । 

बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि तीन दिन स्थगित गरेर आज उनीसहित सहभागी हुनेगरी बैठक राखिएको थियो । 
दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा दुवै अध्यक्षका प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ । 

आजको बैठकमा कसरी प्रस्तुत हुने भनेर दुवै पक्ष (खुमलटार र बालुवाटार) शनिबार बिहान आन्तरिक छलफलमा जुटेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप