बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल महिला चेम्बरको आयोजनामा क्यान्सर र कोभिड-१९ विषयक वेमिनार सम्पन्न

शनिबार, २० मङ्सिर २०७७, १५ : १५
शनिबार, २० मङ्सिर २०७७

नेपाल महिला चेम्बरले क्यान्सर र कोभिड-१९ वषयक वेमिनार कार्यक्रम सम्पन्न गरेको छ । महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठको सभापतित्वमा शुक्रबार आयोजित सो वेमिनार कार्यक्रम माझ प्रमुख वत्ताका रुपमा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदिप श्रेष्ठ  र चिकित्सा वैज्ञानिक डा. दिग्विजय राजा महतले प्रस्तुति दिएका थिए ।  

महिला चेम्बरकी सदस्य सोनी जोशीले वक्ता डा. सुदिप श्रेष्ठको व्यक्तित्व बारे चर्चा गर्दै  चिकित्सा विज्ञान अन्तर्गत क्यान्सर उपचारको क्षेत्रमा उनको पृथक पहिचान रहेको भन्दै उनको विज्ञता, अनुभव र आवद्धता सम्बन्धमा प्रकाश पारेकी थिइन् ।  

ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरका अध्यक्ष समेत रहेका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा सुदिप श्रेष्ठले कोरोना महामारी शुरु भएका केही साता क्यान्सरका  बिरामी ७५ प्रतिशतले घटेको भन्दै अझै पनि २५ प्रतिशत बिरामी कोरोनाको डरले फलोअपमा समेत आउन छाडेको बताए ।

 उनले बिरामी समयमा नआउँदा निको हुने क्यान्सरको उपचारमा समेत समस्या देखिएको कुरा राख्दै कोरोनाबाट बच्न सुरक्षा अपनाउँदै क्यान्सरको उपचारलाई निरन्तरता दिन सल्लाह दिए ।
उनले मेडिकल टिमसँग नियमित सम्पर्कमा रहन सुझाउदै ब्ल्ड क्यान्सर, फोक्सो क्यान्सर, अंग प्रत्यारोपण, ब्ल्ड प्रेसर, डायबिटिज, मुटु रोगी लगायतमा कोभिडको जोखिम बढी रहने बताए ।  

महिला चेम्बरकी सदस्य सुनिता बटाजुले कार्यक्रमका वक्ता चिकित्सा वैज्ञानिक एवम्  अनुसन्धानदाता डा. दिग्विजय राजा महतको व्यक्तित्वबारे प्रकाश पार्दै उनी एक अब्बल अनुसन्धानकर्ता रहेको बताइन् । 
उनको अनुसन्धानबाट क्यान्सर रोगको उपचार पद्धतिहरुको विकास भई अन्तरराष्ट्रियस्तरमा चर्चा चुलिँदै गएको पनि उनले औल्याइन् । 

वैज्ञानिक डा. दिग्विजय राजा महतले केही समयको अन्तरालमा भिन्न ल्याबमा कोभिड टेस्ट गर्दा एकै ब्यक्तिको नतिजा फरक आउने स्थितिले  नेपालको ल्याबले दिने रिपोर्टमा प्रश्न उठने गरेको भन्दै चिन्ता व्यक्त गरे । साथै, उनले सोही कारणले गर्दा अन्तरराष्ट्रिय उडान प्रभावित हुँदै आएको पनि औल्याए । डा. महतले रोगको प्रकृति हेर्दा पनि जुनसुकै देशले नि:शुल्क रुपमा खोपको व्यवस्था गर्नुपर्ने बताए ।  

कार्यक्रम माझ नेपाल महिला चेम्बरकी सचिव लिमा अधिकारीले सहजकर्ताको भूमिका निर्वाह गरेकी थिइन् भने उपाध्यक्ष सुश्मा शर्माले स्वागत मन्तब्य  र स्वास्थ्य संयोजक  स्वरुपा श्रेष्ठले धन्यवाद मन्तब्य व्यक्त गर्दै वेमिनार निकै फलदायी हुने विश्वास व्यक्त गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप