केन्द्रीय संस्करण

अर्काकी श्रीमती भगाएर तेस्रो बिहे गर्ने वडाध्यक्ष पक्राउ

person explore access_timeमंसिर २०, २०७७ chat_bubble_outline0
file photo

काठमाडौँ । प्रहरीले सल्यानको वनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष पक्राउ गरेको छ । अर्काको श्रीमती भगाएर तेस्रो बिहे गरेको आरोपमा वडाध्यक्ष इन्द्रबहादुर कुमाई पक्राउ परेका हुन् । 

वडाध्यक्ष कुमाईलाई शुक्रवार साँझ जयतपानी बजारबाट नियन्त्रणमा लिएको सल्यानका प्रहरी निरीक्षक (इन्सपेक्टर) लक्ष्मण वलीले जानकारी दिए । कुमाईका यसअघि नै दुई श्रीमती रहेको अनुसन्धानबाट खुलेको छ । 

इन्सपेक्टर वलीका अनुसार वडाध्यक्षले तेस्रो बिहे गरेका भनिएकी ग्वामी विष्टलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । दुवै श्रीमतीतर्फ ४ जना छोराछोरी छन् । 

वडाध्यक्षले नै तेस्रो बिहे गर्दा पनि कानूनी कारबाही नगरेको भन्दै स्थानीयवासीले विरोध गरेका थिए । वडाध्यक्षले तेस्रो बिहे गरेको भन्दै सोही वडाका पाँचजना स्थानीयवासीले प्रहरीमा बहुविवाहको जाहेरी दिएपछि कुमाईलाई पक्राउ गरिएको इन्सपेक्टर वलीले बताए ।

पक्राउ परेका कुमाई र बिष्टलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.