दल खोलेर प्रतिस्पर्धामा आउन पूर्वराजालाई चुनौति
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य शेरबहादुर तामाङले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीति दल खोलेर प्रतिस्पर्धामा आउन चुनौती दिएका छन् । देशभर राजावादीहरुको प्रदर्शन भइरहेको बेला उनको यस्तो अभिव्यक्ति आएको हो ।
पूर्वमन्त्री समेत रहेका तामाङले भने, ‘पूर्व राजालाई कुनै पार्टीमा आउनुहुन्छ र कुनै पार्टी बनाएर आउनुहुन्छ भने स्वागत छ, प्रतिस्पर्धा गर्न तयार छौं ।’ कसैले सडकमा आएर राजा आऊ भन्दैमा नआउने बताए । उनले यो संविधान बाहेक देशमा अर्को संविधान हुन नसक्ने बताए ।
अर्को प्रसंगमा उनले पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको फरक फरक प्रतिवेदन समायोजन गरी एउटै राजनीतिक प्रतिवेदन ल्याउने सहमति बनेको दावी गरे । उनले पार्टी कुनै हालतमा नफुट्दै भन्दैैै सहमतिको ढोका खुलेको बताए । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा आज बोल्दै पार्टीमा पछिल्लो समय उठेका कतिपय विषयहरुको टुंगो स्थायी कमिटी बैठक बसी कार्यदल बनाएर लगाउने सहमति समेत बनेको बताए ।
‘नेकपा कुनै हालतमा फुट्दैन,’ पूर्वमन्त्री समेत रहेका नेकपा नेता तामाङले भने, ‘दुवै अध्यक्षको प्रतिवेदन समायोजन गरी एउटै प्रतिवेदन बनाउन स्थायी कमिटीमार्फत् कार्यदल बनाएर अगाडि बढ्ने सहमति बनेको छ ।’ एक व्यक्ति एक पदको विषय पनि स्थायी कमिटी बैठकले टुंगो लगाउने तामाङले बताए ।
तामाङले अध्यक्षद्वय ओली र प्रचण्डको प्रतिवेदनको आरोप प्रत्यारोपलाई फिर्ता लिएर सकारात्मक र समिक्षात्मक विषय समावेश गरी साझा प्रतिवेदन बनाइने सहमति भएको दावी गरे । ओली र प्रचण्डबीचको एक्लाएक्लै वार्ताले सहमतिको बाटो खुलाएको समेत उनको भनाइ थियो ।
पार्टीभित्र बहस र विवाद हुनुलाई सामान्य भन्दै समस्याको समाधान गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
इन्जिनियरिङ पढ्न हलेसी तुवाचुङको एक लाख छात्रवृत्ति
-
माथिल्लो अरुणको वित्तीय व्यवस्थापन विश्व बैंकले गर्ने करिब निश्चित
-
नेपाली सेनाले माग्यो रिक्त पदमा दरखास्त (सूचनासहित)
-
सुशासन समितिको बैठक बस्दै, फास्ट ट्र्याकका बारेमा छलफल हुने
-
सुदूरपश्चिम सरकारलाई आफ्नो समर्थन नरहेको नाउपा सांसद थापाको घोषणा
-
युरोपा लिग : लिभरपुलमाथि ३–१ गोल अन्तरको जित निकाल्दै एटलान्टा सेमिफाइनलमा